सुनिताको नयाँ गीत ‘चुरा’, मापसे गर्नेदेखि डिस्को जाने युवतीको कथामा आधारीत (हेर्नुस् भिडियो)

काठमाडौँ ।

लोकप्रिय लोक तथा दोहोरी गायिका सुनिता अधिकारीले शहरका महिलाहरुको कथा समेटिएको रमाइलो तीज गीत ‘चुरा’ सार्वजनिक गरेकी छिन् । छोटो समयमै चर्चा कमाउन सफल गीत ‘चुरा’ मा गायिका अधिकारीकै दमदार अभिनय एवं नृत्य छ ।

डिस्को धाउने र मापसे गर्ने युवतीहरुदेखि अमेरिका, अष्ट्रेलिया र युकेमा पुगेका दिदीबहिनीको समसामयिक परिस्थितिमाथि चोटिलो प्रहार गरिएको यो गीत संचारकर्मी एवं चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले लेखेका हुन् । चर्चित लोकगायक एवं सर्जक शिव हमालको लय रहेको ‘चुरा’ को कृष्ण विक ‘भान्जा’ ले एरेन्ज र कुमार रानाले मिक्सिङ गरेका हुन् ।

‘पानको मिसी’, ‘क्यारम माया’, ‘लुरुरु हुरुरु’ जस्ता दर्जन लोकप्रिय गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले यस गीतबाट पनि दर्शक तथा स्रोताहरुको राम्रो प्रतिक्रिया पाएको बताइन् । साइन मिडिया प्रालिको प्रस्तुति रहेको गी तको कोरियोग्राफी तथा निर्देशन प्रकाश भट्ट, सम्पादन, विष्णु शर्मा तथा छायाँकन राजेश घिमिरेले गरेका छन् ।

भिडियो हेर्नुहोस :