सिन्धु पोख्रेलको शब्द तथा स्वरमा यो वर्षको तीज गीत “सम्झनामा तीज-२०७६ ” युट्युबमा (भिडियो सहित)

नारीहरुको महानपर्व हरितालिका तीज २०७६ नजिकिँदै गर्दा सांगीतिक बजारमा तीजका गीत-संगीतको निकै चर्चा परिचर्चा चलिरहेको छ । प्रतिस्पर्धात्मकरुपमा गीतहरु बजारमा आइरहँदा बर्शौ देखि गाउँघरमा चलिरहेका मौलिक गीत र नृत्यहरु कमै मात्रामा देखिन्छन । गाउँले परिवेशमा गाउँघरको झल्को देखिने गरि पहिलो पटक भारत प्रवासमा तीजको कोसेली पस्किने गायिका तथा सर्जक सिन्धु पोख्रेलले यो वर्षको नयाँ गीत भर्खरै बजारमा ल्याएकी छन।

गायिका सिन्धु पोख्रेलले तीजको सेरोफेरोमा महिलाहरुको हर्ष- उल्लास, उनको बेदना साथै समय परिवर्तन भएता पनि माइतिको माया र सम्झना अहिले पनि उस्तै रहेको बेदना शब्द मार्फत ब्याख्या गरेकी छन् । नेपाली महिलाहरुका लागि तीजको महत्व व्यख्या गर्दै अत्यन्तै मर्मस्पर्शी शब्दहरु प्रस्तुत गर्न सफल भएकी छन् । गीतलाइ वास्तविक गाउँलेरपन दिनको लागि भिडिओमा पेशेवार नृत्य नभइ भारत प्रवासमा नेपाली आमा, दिदि-बहिनिहरुमा वर्शौ देखि लुकेर रहेको प्रतिभालाई जस्ताको तस्तै देखाइको छ । जसले गर्दा गीत अझ उत्कृष्ट बनेको देखिन्छ ।

वर्तमान परिवेसमा ठुलो लगानीका साथ नेपाल देखि गायक-गायिका तथा नायिकालाई आमन्त्रित गरि ठुलो रकम मार्फत शुटिंग गर्ने चलनको विपरित प्रवासमा भएको प्रतिभालाई प्रोहात्सान गर्दै दिल्लीमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपाली समाजलाई समेट्ने झमर्को यस गितमा गरिएको छ । यस प्रकारको प्रयासले मुख्यत प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपालीपनको जगेर्ना गर्नुका साथ वर्तमान पीढीको नेपाली कला – संस्कृति प्रति आकर्षण हुने समेत सम्भावना रहेको कलाकार सिंधु पोखरेल बताउछिन।

लामो समय देखि शिक्षिका पेशामा आवद्ध रहेकी सिन्धु पोख्रेल गीत-संगीतका साथै ऑल इंडिया रेडियो बिदेश प्रसारण अंतर्गत नेपाली सेवामा कथा वाचन समेत गर्दै आइरहेकी छन् । अहिले सम्म तीन वटा गीतमा आफ्नो शब्द तथा स्वर दिइ सकेकी कलाकार सिंधु पोख्रेलले भारतमा आयोजित हुने विभिन्न खाले सांस्कृतिक कार्यक्रममा आफ्नो सहभागिता जनाउदै नेपाली कला संस्कृति प्रचार गर्नमा अब्बल रहेकी छन ।

राजधानी दिल्लीको साकेत स्थित संपन्न यस भिडियो शूटिंगमा चर्चित बाल कलाकार सृष्टि अधिकारी, इग्नु विश्वविद्यालयमा कार्यरत नेपाली परिवार, भारत प्रवासमा सक्रिय एक मात्र नेपाली युवा क्लब “द बोर्न-इन नेपाल युथ क्लब दिल्ली” का परिवार साथै रोजगारीका शिलशिलामा दिल्लीको विभिन्न स्थानमा बसोबास गर्दै आएका नेपाली परिवारको अभिनयले भिडिओ छायांकनमा अत्यन्तै नयाँपन देकिएको छ ।

हाईलाइट नेपाल यूट्यूब च्यानलबाट सार्वजनिक गीतको शब्द संकलन तथा स्वर स्वयम कलाकार सिंधु पोखरेलको रहेको छ भने अभिनय नृत्यमा सृष्टि अधिकारी, सरिता शाही, पिंकी खरेल, सुभद्रा पाण्डे, मालती रिजाल, गीता केसी, अन्जली खत्री, सिता खत्रीको रहेको छ । साथै मुस्कान भिडियोग्राफर नयाँ दिल्ली द्वारा छायांकन गरिएको भिडीयोमा इग्नू विश्वविद्यालय नेपाली परिवार र द बोर्न-इन नेपाल युथ क्लब दिल्ली परिवारले व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए ।