साप्ताहिक राशिफल २०७६ श्रावण १२ देखि १८ गते सम्म (सन् २०१९ जुलाई २८ देखि अगष्ट ३ सम्म)

ज्योतिष पण्डित– हरिप्रसाद भण्डारी वरिष्ठ ज्योतिष एवं वास्तुविद – ९८४२२१९७३५
साप्ताहिक राशिफल २०७६ श्रावण १२ देखि १८ गते सम्म (सन् २०१९ जुलाई २८ देखि अगष्ट ३ सम्म)

यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु
श्रावण १२ गते – कामीका एकादशी व्रत रहको छ । श्रावण १३ गते – सोमप्रदोष व्रत। श्रावण १४ गते – घण्टाकर्ण चुतुर्दशी – गठामुगचह्रेपुजा) श्रावण १५ गते – साउन १५ खिर खाने दिन, दर्श श्राद्ध निशि बार्ने ।
श्रावण १६ गते – श्रावण कष्ण औंसी, हलो बार्ने । श्रावण १७ गते – गँुला धर्मारम्भ । श्रावण १८ गते – बराह जयन्ती, मानस व्रत समाप्ती, संस्कृत दिवस, व्याँजानके गुँपून्हि।
यो साता चन्द्रमाले श्रावण १२ गते वृष राशि, १३ र १४ गते मिथुन राशि, १५ र १६ कर्कट राशि, १७ र १८ सिंह राशिको भ्रमण गर्नेछन । अन्य ग्रहहरु राहु र बुध मिथुन राशिमा हुनेछन। शुक्र, सुर्य र मंगल कर्कट राशिमा, बृहस्पती बृश्चिक राशिमा, केतु र शनि धनु राशिमा गोचर गर्नेछन । यो साताको ग्रह गोचर र यसले बिभिन्न राशिमा पार्ने प्रभावबारे विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

अब शुरु गरौं साप्ताहिक राशिफल बाट
मेष राशि –मेष राशिका लागि यो साता शुभ रहेको छ । यो साता चन्द्रमाको गोचर तपाईका लागि धन स्थान, तृतीय, चतुर्थ र पञ्चम भावमा हुनेछ । शाताको शूरुवात मा नै चन्द्रमाको गोचर धन स्थानमा रहने हुनाले यो साता आम्दानी बढ्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । यो साता तपाईको बोली थप प्रभावकारी बन्नेछ । पारिवारिक जिवन सकारात्मक रहनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि मिश्रित समय रहनेछ । मन अस्थिर भएर पढाई विग्रन सक्नेछ । सचेत रहनु होला । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यि दिनहरुमा घरायसी समस्याले पिरोल्ने वा अनावश्यक विषयमा विवाद पर्न सक्नेछ । संयम रहनु उत्तम हुनेछ । यि दिनमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नू उत्तम हुनेछ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नू शुभ हुनेछ ।

वृष राशि– वृष राशिका लागि यो साता उत्तम रहने छ । तपाईका लागि चन्द्रमाको गोचर शिर मा, धन स्थान, तृतीय र चतुर्थ भावमा हुनेछ । साताको शुरुमा चन्द्रमाको गोचर शिरमा पर्ने हुनाले आत्मविश्वास र आत्म सम्मान उच्च रहनेछ । रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा सहभागीता हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यावसाय बाट लाभ हुनेछ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको मुल्य अवश्य प्राप्त हुनेछ । नोकरी गर्नेहरुका लागि कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । यो साता तपाईका लागि तुलनात्मक रुपमा शनिबार कमजोर दिन रहेको छ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजाआराधना गर्नू शुभ हुनेछ ।

मिथुन राशि – मिथुन राशिका लागि यो साता मिश्रित रहेको छ । यो साता तपाईका लागि चन्द्रमाको गोचर व्यय स्थान, शिरमा, धन स्थान र तृतीय भावमा हुनेछ । साताको शुरुमा चन्द्रमाको गोचर बाह्रौ भावमा रहने हुनाले यो साता नसोचेको कार्यमा खर्च हुने एवं विनाअर्थका यात्राहरु हुन सक्नेछन । यो साता विशेष गरि आर्थीक अवस्था कमजोर रहने देखिन्छ । मानसिक चिन्ता बढ्न सक्नेछ । व्यापार व्यावसायमा लगानी अनुसार प्रतिफल नमिल्नाले मन खिन्न रहनेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । विद्यार्थीको पढाईमा प्रगती हुनेछ । साथी र शिक्षक बाट तपाई ले सहयोग पाउनु हुनेछ । आफना आफन्तको सहयोग बाट महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । साताको उत्तरार्धका दिनहरुमा व्यापार व्यावसायमा वृद्धि हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी वृद्धहरुको सेवा गर्नू शुभ हुनेछ ।

कर्कट राशि – कर्कट राशिका लागि साता मिश्रित रहनेछ। तपाईका लागि यो साता चन्द्रमाको गोचर एकादश, द्धादश, प्रथम र द्धितीय भावमा हुनेछ । लाभ स्थानमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । यसबाट नोकरी र व्यापार दुवै क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक क्रियाकलाप सँग सम्बन्धित कारोबार बाट बढि फाईदा हुने देखिन्छ । यो साता आम्दानी बचत हुनेछ । बौद्धिक सिर्जनामा चासो बढ्नेछ । नयाँ सामान जोड्ने योग छ । सोमबार र मंगलबार व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । खर्चको मात्रा बढ्नेछ। बुधबार देखि समय सकारात्मक हुँदै जानेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । आफ्ना बालबच्चा लाई समय दिएर उनिहरुको कुरा सुन्ने र रमाईलो वातावरण कायम गर्नु आवश्यक देखिन्छ । विद्यार्थीको पढाईमा कमजोरी देखिन सक्नेछ । सचेत भएर अध्ययन मा ध्यान दिनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ।

सिंह राशि – सिंह राशिका लागि यो साता शुभ रहेको छ । तपाईका लागि चन्द्रमाको गोचर दशम, एकादश, व्यय र प्रथम भावमा हुनेछ । साताको शुरुमा कर्म स्थान बाट चन्द्रमाको प्रभाव रहने हुनाले जागिर गर्नेहरुका लागि सबल साता रहनेछ । तपाईको लगनशिलता र परिश्रम बाट अन्य व्यक्तिहरु समेत प्रभावित बन्नेछन । आत्मबिश्वास एवं आत्मसम्मान उच्च रहनेछ । तपाईले गरेको निर्णय सहि हुनेछ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ । आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पलहरु बिताउनाले मन प्रफुल्ल रहनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई भने कमजोरी देखिन सक्ने हुनाले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । विहिबार र शुक्रबार तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यि दिनहरुमा अनावश्यक यात्रा मा जानु पर्ने एवं खर्च बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान सूर्यको पुजा आराधना गर्नु शुभ हुनेछ।

कन्या राशि – कन्या राशिका लागि यो साता उत्तम रहने देखिन्छ । तपाईका लागि चन्द्रमाको गोचर नवम, दशम, एकादशर र व्यय भावमा हुनेछ। भाग्य स्थानमा चन्द्रमा को गोचर बाट साताको शूरुवात हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । तपाईको योगदान स्वरुप सामाजिक मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथमा यात्रामा गएर रमाईलो गर्ने योग छ । उनिहरु बाट आवश्यक सहयोग पनि हुनेछ । यो साता व्यापार व्यावसाय मा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी बाट साथ र सहयोग प्राप्त हुनेछ । यो साता तपाईका लागि शनिबार तुलनात्मक रुपमा कमजोर दिन रहेको छ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू भगवान शिवको पुजा आराधना गर्नू शुभ हुनेछ ।

तुला राशि – तुला राशिका लागि यो साता मिश्रित रहेको छ । तपाईका लागि चन्द्रमाको गाचर अष्टम, नवम, दशम र एकादश भावमा हुनेछ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर अष्टम भावमा रहने हुनाले रोग र शत्रुका कारण कार्यमा बाधा आउनेछ । कार्यमा ढिला सुस्तीका ले गर्दा तनाव बढ्न सक्नेछ । सामान्य चोटपटक को सम्भावना हुने एवं स्वास्थ्य कमजोर रहन सक्नेछ। सोमबार देखि भने अवस्थामा महत्वपुर्ण सुधार हुँदै जानेछ । आर्थीक अवस्था सकारात्मक रहनेछ । त्यसैगरि व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यावसायबाट सोचे अनुरुप नै लाभ मिल्नेछ । नोकरी गर्नेहरुका लागि कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । राम्रो अंक प्राप्त गर्न ग्रहले साथ दिनेछ । प्रेम तथा पारिवारिक जिवनसुखद रहनेछ । आफ्ना परिवारका सदस्य सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नू शुभ हुनेछ ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । तपाईका लागि चन््रद्रमाको गोचर सप्तम, अष्टम, नवम र दशम भावमा हुनेछ । साताको शूरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । सहकार्य बाट काम हरु बन्नेछन । अविवाहित व्यक्तिहरुका लागि भने भोग विलास एवं मनोरञ्जनमा बढि समय खर्च हुन सक्नेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट अप्ठ्यारो अवस्थामा साथ र सहयोग प्राप्त हुनेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । प्रेमी सँग कतिपय विषयमा विवाद पर्न सक्नेछ । आपसी समझदारी कायम गर्न इमान्दार प्रयास आवश्यक छ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ । यो साता तपाईका लागि तुलनात्मक रुपमा सोमबार र मंगलबार भने कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ नम शिवाय मन्त्र तिन पटक जप गर्नू शुभ हुनेछ ।

धनु राशि – धनु राशिका लागि यो साता शुभ रहने छ । तपाईका लागि यो साता चन्द्रमाको गोचर षष्टम, सप्तम, अष्टम र नवम भावमा हुनेछ । रोग प्रतिरोध क्षमता बलियो रहने हुनाले स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । तपाईले गर्ने काम कार्वाहीमा साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नयाँ कुरा सिक्न पाईने हुनाले आफ्नो अनुभव एवं क्षमता बढ्नेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दःुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई मा महत्वपूर्ण सुधार हुनेछ। पढाईमा राम्रो ध्यान दिनु आवश्यक छ । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मकर राशि – मकर राशिका लागि यो साता शुभ रहेको छ । तपाईका लागि चन्द्रमाको गोचर पञ्चम, षष्टम, सप्तम र अष्टम भावमा रहनेछ । साताको शुरुमा पञ्चम भावमा चन्द्रमाको गोचर रहने हुनाले आफ्ना सन्तान बाट सुख प्राप्त हुनेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । तपाइको बौद्धिक क्षमताको उचित कदर हुनेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा आफु भन्दा उच्च पदस्थ पदाधिकारी बाट सहयोग प्राप्त हुनेछ । आर्थीक अवस्थामा सामान्य उतार चढाव आउन सक्नेछन । व्यापार व्यावसायमा सफलता मिल्नेछ । आफ्नो जिवन साथि सँग रमाइला पलहरु विताउने अवसर प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । शनिबार भने तुलानात्मक रुपमा कमजोर दिन रहेको छ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नु गर्नू शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि यो साता मिश्रित रहनेछ। तपाईका लागि चन्द्रमाको गोचर चतुर्थ, पञ्चम, षष्टम र सप्तम भावमा हुनेछ । शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले शारिरिक तथा मानसिक स्वास्थ्य विग्रन सक्नेछ । मातापिताको स्वास्थ्यमा समस्या देखिन सक्ने एवं अन्य घरायसी समस्याले चिन्ता बढ्न सक्नेछ । सोमबार देखि भने अवस्थामा सुधार हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ। अप्ठ्यारो अवस्थामा पनि तपाईको सिर्जन शिलता कायम रहनेछ । पारिवाकि सम्बन्ध सकारात्मक रहनेछ । जिवनसाथी सँग प्रेमिल समय वित्नेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सुमधुर सम्बन्ध कायम हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्ध सामान्य रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मिन राशि – मिन राशिका लागि यो साता शुभ रहेको छ । तपाईका लागि चन्द्रमाको गोचर तृतीय, चतुर्थ, पञ्चम र षष्टम भावमा हुनेछ । साहस तथा पराक्रम स्थानमा चन्द्रमाको गोचर रहनाले मिन राशिका लागि साता सुरुवात का दिन शुभ रहेका छन । कुनै पनि कार्यमा जोस, जाँगर र उत्साह भरपुर हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। सोमबार र मंगलबार तपाईका लागि केहि समस्या युत्त दिनहरु बन्न सक्नेछन । पारिवारिक समस्यका कारण अनावश्यक चिन्ता बढ्न सक्नेछ। बुधबार देखि दिनहरु शुभ रहनेछन । यि दिनहरुमा साथीभाई सँग रमाइलो कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुनेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । साझेदारीमा कुनै नयाँ कार्य को शुरुवात हुन सक्नेछ ।विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । साताका यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गङ गणपतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।