मार्मिक तिज गित ‘बुहारी २’ ले रुवायो नेपाली संसारलाइ (मार्मिक भिडियो सहित)

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत, त्यस माथि पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ लक्षित हुँदै धेरै गीत संगीतहरु पछिल्लो समयमा युट्युब मार्फत सार्बजनिक हुन थालिसकेका छन् । त्यसै गरी चर्चित गायिका टिका सानु लगायत मन सिंह खड्का, करिश्मा घर्ति र धनमायाको आवाजमा एकदमै छोरिको बेदना लाइ चित्रण गर्दै ‘बुहारी २’ सार्बजनिक भएको छ ।

उक्त भिडियोमा रामा थपालिया, लक्ष्मी गिरि, टिका सानु, मन शिंह खड्का, राजेश बिसी, सम्प्रिया खड्का,बिष्णु सुनार, भारत बायक, हरि भण्डारी, धनमाया नेपाली लगायत कलाकार हरुको अभिनय रहेको छ । सागर गौतमको छायाँकन रहेको भिडियोलाई सिंह खड्का निर्देशन गरेका हुन भने राजकुमार मगरले सम्पादन गरेका छन । गीत सार्वजनिक भए पछि निमार्ण युनिटले गीतलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो।

गित रिलिज भय लगतै गायिका टिका सानु भन्नु हुन्छ : नमस्कार सम्पुर्ण लाई सन्चै हुनुहुन्छ नि? सबैभन्दा पहिले त सबैलाइ हरितालिका तिज को सुभकामना छ । हुन त म गितसङ्गित मा अझै पनि कच्चै छु धेरै कुरा सिक्दैछु र सिक्नु पनि छ । तर पनि सिक्दै जाने क्रम मा यहाहरुले मेरा गित सङ्गीत लाई धेरै माया गर्दिनुभयको छ तेस्कारन यहाहरु सबैजनालाइ धेरै धन्यवाद छ। र यो तिज गित कस्तो लाग्यो सल्लाह सुझाब दिनुहोला र मन परे भिडियो सियर गरेर साथ दिनुहोला धन्यवाद !!!

हेरौ उक्त भिडियो :