दुधे बालक छाडेर हिडेकी आमा र छोराको २४ बर्ष पछी मिलन पछी दिपक परियारले आफ्नै जिवनको बास्तविकता गीतबाट गाउदा दर्शक भावुक बने (भिडियो सहित)

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यसै पर्वलाई रमाइलो बनाउनको लागी कलाकारहरुले तीज गीतहरु सार्वजनिक गरिरहेका छन ।

गायक दिपक परियार र सोना श्री परियारको आवाजमा नयाँ गीत गीत हेर्छु मायालाई भर्खर मात्र सार्वजनिक भएको छ । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतमा दिपक परियारले लय तथा शब्द सिर्जना गरेका छन । दिपक परियारको निर्देशन रहेको सो गीतलाई दीपिका म्युजिकको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भए पछि निमार्ण युनिटले गीतलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गायक दिपक परियार भन्नु हुन्छ : नमस्कार, म लोक तथा दोहोरी गायक दिपक परियार यो बर्सको तिज गित हेर्छु मायालुलाइ बजारमा ल्यायको छु । जुन गित मेरो वास्तविक कहानी , गाउले शैली र मौलिक भाका सहितको गित सार्बजनिक गरेको छु। आशा छ यो गित सबै भगवान् , मान्यजन सबैले माया गरिदिनु हुने छ। यो हजुरको मायाले जम्मा भएको रकम गुल्मीमा पहिरो प्रभावित दु:खित मनहरुमा थोरै भय नि मलम लगाउन सहयोग पुग्ने छ। धन्यवाद ।

प्रेम सुनार बुटवल, चैत्र–२७ । मिलन विछोडको कथा बोकेको कुनै चलचित्रको कथा जस्तै बुटवलमा वषौंअघि छुट्टिएका एक आमा छोराको अचानक भेट भएको छ । त्यो पनि गीत संगितको माध्यमबाट अरू कसैले चिनाएर । २४ बर्ष अघि गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–४ , चन्द्रकोट गाउँमा ११ महिनाको दुधे बालक दीपक परियारलाई छाडेर बेपत्ता भएकी उनकी आमा कविता परियारको वुटवलमा २४ बर्ष पछि भेट भएको हो ।
भिडियो हेर्नुहोस ।

दीपककी आमा २४ बर्ष अघि घरबाट बेपत्ता भई भारतमा पुगेर अर्को विवाह गरेर बसेकी थिइन् । केहि दिन अघि जव उनी आफ्नी आमाको मृत्यु भएको सुनेर रुपन्देहीको मुर्गिया आईन । त्यहाँ उनले युट्युवमा एउटा रोइला गीत हेरिन्, सुनिन् । गुल्मीको चन्द्रकोट पनि गीतको शव्दमा जोडिएकोले याे गीत गाउने केटा कसको छाेरा होला ? भनेर आफ्नी दिदी संग चासो राखिन् ।

साेधखाेजकाे क्रममा गीत गाउने गायक चन्द्रकोट स्थित फलानाको छोरा हो भन्ने खुल्यो । परिचय खुलेपछि उनकी दिदीले बुटवलमा रोईला गीत गाउने दिपकको खोजी गरिन् र अन्ततः आमा छोराको भेट गराईन ।भेटमा दुबै भावुक भए । दुबैका आँखा रसाए ।

आमा भन्दै थिईन, मेरो विवसता थियो छोरा… । दिपक भन्दै थिए, मैले त तपाईलाई बिर्सी सकेको थिएँ , मेरी आमा भने कै मेरी फुपु नै ठानेको थिएँ ।हिजोको त्यो बेसहारा बालक अहिले स्थानीय गायक कलाकार बनेका छन् । वाल्यकालमै आमाको ममता गुमाएको पीडाले दीपक सानै देखि गीत गुनगुनाउन थालको थिए ।
आर्थिक अभावका कारण कलाकार बन्ने सपना पुरा गर्न दीपकका लागि धेरै टाढाको कुरा थियो । तर पनि आमाको सहारा दिने प्रयास गरिन् गुल्मी ईन्द्रगौडामा बस्ने उनकी फपु मनमाया परियारले उनले दिपकलाई हुर्काईन बढाइन्।ईन्द्रेगौडाकै नेपाल राष्ट्रिय त्रिभुवन माध्यामिक विद्यालयमा पढाईन । त्यहाँ प्रवेशिका परिक्षा उतिर्ण गरेर बुटवल तर्फ लागेका दीपकले सांगितिक क्षेत्रमै संघर्ष गरेर शिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्नातक सम्मको अध्ययन पुरा गरे ।

२०७१ सालमा दिपकले ‘गुल्मेलीको मन’ नामक गीती एल्वम बजारमा ल्याए । क्रमशः हुग्दीशिरैले मालिका पञ्चैवाजा सहित दर्जनौं गीत बजारमा ल्याए । पछिल्लो समय उनले आफ्नो जन्मथलो गुल्मीलाई आमाको उपमा दिंदै रोइला भाकामा गीत निकाले त्यसै गीतले उनको आमासँग भेट गरायो ।दिपक भन्छन्–‘ सिंगो गुल्मीलाई आमा सम्झेर गाएको यसै रोइला गीतले मेरी वास्तविक आमालाई २४ बर्ष पछि भेट गराएकोमा म हर्षविभोर छु ।’