पशुपति शर्मा र सिता श्रेष्ठले गाएको ‘बैमानीले धाट्यो’सिताको आवाज जताततै चर्चा

तीजको गीतहरुबाट एकलौटी चर्चामा आउने गायक हुन पशुपति शर्मा।यो बर्ष पनि उनले लगातार तीजकै लागि भनेर जम्मा ३ ओटा मात्रै गीत गाए सोहि क्रममा बजारमा आएको पछिल्लो समयको तीज कोशेली २ दिनमै ५ लाख भन्दा बढी दर्शकले हेरेका छन।यही आधारलाई आधिकारिक मान्ने हो भने यो बर्ष हेरिएको तीज गीतमा छोटो समयमा सबै भन्दा धेरै पशुपति शर्मा र सिता श्रेष्ठले आवाज दिएको गीतनै पर्छ।

सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतमा नव गायिका सीता श्रष्ठले उत्कृष्ट आवाजमा शर्मालाई साथ दिएकी छन । गीतलाई पशुपति शर्माले आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन भने गीतको लय र शब्द समेत उनैको रहेको छ ।पशुपतिलाई यो गीत बजारमा आफ्नै च्यानलबाट ल्याउदा धेरै रिक्स पनि थियो तर चुनौतीलाई सामना गरेर देखाएका छन जुन सफलता यही गीतमा देखिन्छ।अहिले टिकटकमा झन्डै १० हजार भन्दा बढीले उक्त गीतलाई आफ्नो अभिनयको रुपमा देखाउन सफल भएका छन।

अग्रज दाजुसँग सहकार्य गर्न पाँउदा आफुलाई अत्यन्तै खुसी लागको बताउदै गायिका सीताले आफुले सक्दो न्याय गरेको बताउनु भयो ।

गीतमा दोहोरीको चर्चित हस्तिहरुको अभिनयले गीत अझ उत्कृष्ट बनाएको छ । गीतमा उत्कृष्ट निर्देशन कला प्रस्तुत गरको छन दुर्गा पौडेलले भने लोकप्रिय मोडल रञ्जिता गुरुङ,श्रीकृष्ण वम मल्ल,पशुपति शर्मा,नरेश खाती,राजु ढकाल,बैकुण्ठ महत, सीता श्रेष्ठ लगायतका कालाकारहरको अभिनय रहेको छ ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै निमार्ण युनिटले गीतलाई सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतलाई पुर्ण सफलताको कामना सहित सो गीतका म्युजिक भिडियो यहाँहरुको लागी