अविरल बर्षाका कारण गुल्समी सत्यवती गा.पा. ४ लिम्घा भिरकुनामा घट्यो दर्दनाक घटना ! मृतकको संख्या ११ पुग्न सक्ने (भिडियो सहित)

बुटवल, ७ साउन ।

सोमबारदेखि परेको अविरल बर्षाका कारण गुल्मीमा पहिरोमा फसेका १ सय ५० जनाको उद्दार गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ बाट पहिरोको बिचमा फसेकाहरुको केहिबेर अगाडी मात्र उद्दार गरिएको हो ।घटना स्थलबाट नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको उद्दार टोलीले पहिरिको बिचमा फसेका १५० जनाको उद्दार गरेको प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्कोट नेपाल लाइ बताए ।

अहिले सम्म १० जनाको शव भेटिए पनि मृतकको संख्या ११ पुग्न सक्ने बताईएको छ । अहिले प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल सहित चिकित्सकको टोलि बुटवल बाट घटना स्थल तर्फ प्रस्थान गरेको छ ।

अविरल बर्षाका कारण सत्यवती गा.पा. ४ लिम्घा भिरकुनाको पूरा रिपोर्ट