प्रेम गीत ३को नायिका र नायक पहिलोपटक मिडियामा,प्रदिप प्रेम नहुने खुलासा!हेर्नुहोस

नेपाली चलचित्रको सफल सिरिज ‘प्रेमगीत’ को तेश्रो भाग निर्माणको तयारीमा रहेको छ सोहि क्रममा चलचित्रका कलाकार नायक नायिका एक साथ् मिडियामा आएका छन। चैत्र २८ गते रिलिज तयारीमा रहेको चलचित्रको लागि यतिबेला जोड-तोडका साथमा तयारी भैरहेको छ। सन्तोष शेन र छेतन गुरुङ्गले संयुक्त रुपमा निर्देशन गरिरहेको चलचित्रको सम्पूर्ण कलाकार फाइनल भैसकेका छन्। चलचित्रको लागि यतिबेला मुख्य कलाकारहरु घोड सवारीको अभ्यास गरिरहेका छन्।

यहि बिषयमा बोल्दै नव- नायिका क्रिष्टिना भन्छिन्, ‘पहिलोपटक चलचित्रमा सेलेक्ट भए भन्दा नै निकै उत्साहित रहेकी थिए। सेलेक्ट भएसंगै लगातार अभ्यासमा रहेकी छु। मलाई निकै रमाइलो लागिरहेको छ। अभिनेता प्रदिप भन्छन्, ‘सुरुवातमा केहि गाह्रो लागेको थियो। तर लगातारको अभ्यास पछि केही अभ्यस्त भएको छु।’ चलचित्रमा शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायत पनि मुख्य भूमिकामा रहेका छन्।हेरौ भिडियो कुराकानी: