छबि र शिल्पालाइ प्रहरीले जताततै खोज्न थालेपछि सम्पर्क बिहिन,धमलाले खोले रहस्य

अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै निर्माता छविराज ओझासँग डिभोर्सका लागि प्रक्रिया चालिरहँदा छविकी जेठी श्रीमती ५३ वर्षीय हेमा ओझाले पनि मुद्दा दायर गरेकी छिन् ।हेमाले आइतबार शिल्पा र छवि दुवैलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाउन महानगरिय प्रहरी वृत्त गौशलामा छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी हुन् । हेमातर्फबाट छविका २ छोरा छन् ।अधिवक्ता स्वागत नेपालकाे लिएर हेमाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् ।

पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पा बिरुद्ध बहुविवाहको मुद्धा हालेको हेमाले दिएको निवेदनमा उल्लेख छ । केही साताअघि शिल्पाले आफूमाथि घरेलु हिंसा भयो, सुरक्षा चाहियो भन्दै छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।मिडियादेखि सामाजिक सञ्जालसम्म अहिले उनीहरुबीचको सम्बन्धबारे पक्ष विपक्षमा वाद–विवाद चलिरहँदा घटनाले फेरि नयाँ मोड लिएको छ । शिल्पाको पक्ष–विपक्षमा टिप्पणी भइरहँदा अब उनीहरु दुवैविरुद्ध सार्वजनिक रुपमा आलोचना हुन थालेको छ ।