लोकप्रिय गायक बद्री पंगेनी र सिर्जु अधिकारीले गाएको तीज गीत बजारमा

कमल सरगम-काठमाण्डौ ,लोकप्रिय गायक बद्री पंगेनी र सिर्जु अधिकारीको यसपालिको धमाकेदार तीज कोशेली’तीजको दर’बजारमा आएको छ।नेपाली लोक संगीतमा बिशेष गरि बद्री पंगेनीको तीज कोशेली अलिक फरक शैलीकै हुने गर्छ।अरुले प्रेमी प्रेमिकाको कथालाई तीजको गीतमा ढाल्ने गरेको पाइन्छ भने बद्रीले गाएको गीतमा त्यस्तो सुगन्ध प्राप्त गर्न सकिदैन।

सिर्जु अधिकारी र बद्री पंगेनीको आवाज रहेको गीतमा प्रतक्ष्य दोहोरीका राजा रबिन लामिछानेको शब्द तिलक ओलीको लय शंकलन रहेको छ।गीतमा बिशेष गरि श्रीमतीले श्रीमानमाथि गरिएको अन्यायलाइ समेटेको पाईन्छ।गीतमा अभिनय भने चर्चित मोडल अन्जली अधिकारी,शंकर बिसी संगै बद्री पंगेनी र सिर्जु अधिकारी पनि देखिएका छन।भिडियोको छायांकन भने दुर्गा पौडेलले गरेका हुन्।भिडियो सम्पादन नबिन घर्ती मगरको रहेको छ गीतलाई हाम्रो तर्फबाट अग्रिम शुभकामना छ।