प्रेम गीत ३को’ हिरो फ्लिम नाखेल्दै ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर बने

एउटा पनि फिल्ममा अभिनय नगरेतापनि दर्शकसामु चर्चित छन्, मनिष राउत । बिशेष गरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई यसै बर्ष ‘प्रेम गीत ३’मा हेर्न पाउनेछन् । जब उनि उक्त फिल्मको लागि छानिए तब देखी नै उनको हलसम्मको प्रतिक्षा दर्शकले गर्न थालिसकेका छन् ।

उनिमाथी दर्शकको मात्र होईन सञ्चारमाध्यमको पनि उत्तिकै ध्यान केन्द्रित देखिन्छ । मनिषको फोटोहरु, ‘प्रेम गीत ३’को क्यारेक्टर इन्ट्रो पोस्टर, तथा ‘प्रेम गीत ३’ सम्बन्धित केहि भिडियोहरु हेरेर नै उनिमाथी लगानी गर्ने ब्रान्ड पनि आईसकेका छन् । यसैबीच मनिषलाई ब्रान्ड एम्बेसडर बनाउँदै एक क्लोथिङ्ग ब्राण्ड आउने तयारीमा रहेको छ । ‘डक्टर डेनिम’ (DR.DENIM) नामक उक्त ब्राण्डले भदौ महिनामा देखी बिक्रि शुरु गर्ने उक्त ब्राण्डका सुमन गौतमले बताए । ‘हामीले ‘प्रेम गीत ३’ सम्बन्धित विभिन्न सामग्रीहरु हेरेपश्चात उहाँलाई ब्राण्ड एम्बेसडरको रुपमा लिएका हौँ । अहिले देखी नै उहाँको चर्चा र लुक्सबाट हामी एकदमै प्रभावित छौँ । अबको पाँच बर्षमा ‘डक्टर डेनिम'(DR.DENIM) र मनिष राउत सँगै यो देशका स्टार बन्नेछन्’, गौतमले बताए ।

पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्ने ‘डक्टर डेनिम’ (DR.DENIM) नामक ब्राण्डले महंगो रकममा मनिषलाई एम्बेसडर बनाएको छ । नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ आउने लागेको ‘डक्टर डेनिम’सँग पाँच बर्षको लागि उनि आवद्द भएका हुन् । ‘म आँफै अचम्ममा परेको छु कि मैले कुनै पनि चलचित्रमा अभिनय नगर्दै मेरो डिमाण्ड भईसकेछ । चलचित्र रिलीज भएपछि के हुन्छ थाहा छैन तर यसबाट मैले धेरै मेहनत गर्नुपर्ने जिम्मेवारी थपिएको छ’, मनिषले भने । ‘डक्टर डेनिम’ (DR.DENIM) लाई नेपालको नम्बर एक जेन्ट्स् क्लोथिङ्ग ब्राण्डको रुपमा अगाडी लैजान आफुले भरपुर मेहनत गर्ने मनिषले बताए ।