पशुपति शर्मा र सिता श्रेष्ठले गाएको तीज गीत चौबिस घण्टामै तोड्यो अहिलेसम्माकी रेकर्ड,जताततै भाइरल-भिडियो

तीज भन्दा साथ लोकप्रिय गायक पशुपति शर्माको नाम सबैलाई आउछ । आउन पनि किन नआओस उनका हरेक तीजमा उत्कृष्ट गीतहरु सार्वजनिक हुन्छन र मन छुने गर्दछन् ।

यो बर्ष पनि शर्माको यो भन्दा पहिला एउटा गीत सार्वजनिक भइसकेका छ । जुन गीतले सबैको ध्यान तानिरहेको छ भने दश लाख भन्दा धेरै दर्शक पनि बनाइ सकेको छ । यो बर्ष ३ वा ४ गीत मात्र बनाउने सोचमा रहेका शर्माको दोस्रो गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतमा नव गायिका सीता श्रष्ठले उत्कृष्ट आवाजमा शर्मालाई साथ दिएकी छन । गीतलाई पशुपति शर्माले आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन भने गीतको लय र शब्द समेत उनैको रहेको छ ।

शर्मा र श्रेष्ठले आवाज दिएको सो गीतलाई २४ घण्टा नपुग्दै १ लाख भन्दा धेरै दर्शक बनाएको छ भने सबैले उत्कृष्ट गीत भनेर प्रतिक्रिया समेत दिएका छन ।

अग्रज दाजुसँग सहकार्य गर्न पाँउदा आफुलाई अत्यन्तै खुसी लागको बताउदै गायिका सीताले आफुले सक्दो न्याय गरेको बताउनु भयो ।

गीतमा दोहोरीको चर्चित हस्तिहरुको अभिनयले गीत अझ उत्कृष्ट बनाएको छ । गीतमा उत्कृष्ट निर्देशन कला प्रस्तुत गरको छन दुर्गा पौडेलले भने लोकप्रिय मोडल रञ्जिता गुरुङ,श्रीकृष्ण वम मल्ल,पशुपति शर्मा,नरेश खाती,राजु ढकाल,बैकुण्ठ महत, सीता श्रेष्ठ लगायतका कालाकारहरको अभिनय रहेको छ ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै निमार्ण युनिटले गीतलाई सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतलाई पुर्ण सफलताको कामना सहित सो गीतका म्युजिक भिडियो यहाँहरुको लागी