दुबई UAE को एउटा कोठा बाट बाबा रुदै गुहार मागे ‘मेरो छोरो मर्दै छ’ हृदयविदारक भिडियो

काठमाण्डौं,
दुबै मृगौला फेल भएपछि सिन्धुपाल्चोक जिल्ला साँगाचोकगढी ३ स्थायी घर भएका पशुपति धमलाको २३ बर्षिय छोरा आशिष धमला जीवन मरणको दोषादमा पुगेका छन । बिगत ८ बर्ष देखि मृगौला पिडीत बोहराको आर्थिक अवस्था कम्जोर भएका कारण घरमै उपचार गराउदा ठिक नभए पछि उहाँको अहिले काठमाण्डौंस्थित सुमेरु अस्पतालमा उपचारत छन्।

यो कस्तो विडम्वना लाउँ लाउँ र खाउँ खाउँ भन्ने कलिलो उमेर मै रोगले थलिनु र आर्थिक अवस्था कमजोरिको कारण उपचारमा समस्या हुन जस्तो पीडा अरु के नै हुन सक्छ र ?

परिवारको न्युन आर्थिक अवस्थाका कारण लामो समयदेखि उन्को उपचारमा समस्या आएको पारिवारिक श्रोतले बताएको छ । परिवारले आफुसंग भएजती सम्पति सकेर उपचार गर्दापनि सम्भव नभएपछि सहयोगी हात भएका आम नेपाली दाजुभाई तथा दिदि बैनि समक्ष परिवारले सहयोगको अपेक्षा गरेको छ ।

दुबई युएइ मा सिक्युरिटी कार्यरत पिडितको बाबा पशुपति धमला सगको बिशेष कुराकानीमा स्कटनेपालले बिस्तृत जानकारी गराएको छ । देश तथा विदेश जहाँ रहेपनि सहयोगीमनहरुको सानो सहयोगले पक्कै पनि पिडितलाइ पुर्नजीवन दिन सक्दछ । आउन्होस् सकेको सहयोग सबैले गरौं र उनको जीवन बचाऔं ।

दुबै मृगौला पिडितलाई सहयोग गर्न चाहानेले सिदार्थ बैकमा उनको बुवा पशुपति प्रसाद धमलाको नाममा रहेको खाता नं. ०१६१५४००४५९ मा रकम जम्मा गर्न सक्नुहुनेछ । सम्पर्क मोवाईल नं. ९८१३४५४७५५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

हेर्नुहोस यो हृदयविदारक भिडियो पिडितका बाबा संग को कुराकानी :