यहि हो त्यो ठाउँ ! ४ वर्षको बच्चा खाने ट्याङ्की

पोखरा । पोखराको मासवारमा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा ७ , मासवार निवासी निर्मला कोइराला र ऋषिराम कोइरालाका साढे ३ वर्षका छोरा श्रीकृष्ण कोइराला साँझ ७:१० बजे ट्याङ्कीमा खसेका थिए । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियोे ।
रत्नज्योति बोर्डिङ स्कुलमा नर्सरीमा पढ्ने कोइराला साथीहरुसँग खेल्दै जाँदा दीपक रेग्मीको घरको भर्‍याङमुनि रहेको १५/२० हजार लिटरको ट्याङ्कीमा खसेका थिए । लामो समयदेखि सो ट्याङ्की खुला रहने गरेको स्थानीयले बताएका छन् ।

भिडियो हेर्नुहोस