पाँचथरमा प्रेमिकाको घाँटी रेटेर हत्या गर्ने यूवक पक्राउ (भिडियो सहित)

पाँचथर २० जेष्ठ
गएको बैसाख २९ गते पाँचथरमा भएको किशोरीको विभत्स हत्या प्रकरणका मुख्य योजनाकार मानिएका पदम तामाङ पक्राउ परेका छन् । घटना भएको २१ दिन पछी प्रहरीले उनलाई झापाको दमक स्थित एक होटलामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । १५ बर्षिया किशोरी शितल योङहाङको उनी पढ्ने विद्यालय नजिकै घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो । घट्ना भएको २४ घण्टा नवित्दै घटनामा संलग्न अर्का भगिरथ बाँस्तोलाललाइ भने प्रहरीले पक्राउ गरेको थियो ।

भगिरथले आफुले समाएको र पदमले घाँटी रेटेको बयान प्रहरीलाई दिएका थिए । थुप्रैले कञ्चनपुरकी किशोरी निर्मला पञ्तको हत्या प्रकरण संग तुलना गरेको शितल योङहाङ हत्या प्रकरणमा भने नेपाल प्रहरीले २१ दिनमा हत्याका मुख्य ओरोपीतलाई समात्न सफल भएको छ । आफुहरुले जिम्मेवारी पूर्व ढंगले काम गरेकोले यो सफलता प्राप्त भएको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरले बताए । शितलका हत्याको मुख्य योजनाकार मानिएका तामाङलाई पक्राउ गर्न पाँचथर प्रहरीका अतिरिक्त १ नं. प्रदेश प्रहरी तथा छिमेकी जिल्लाका प्रहरी युनिटहरुको समेत परिचालन गरिएको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरको भनाइ रहेको छ । किशोरी शितल योङहाङका हत्यारा भनिएका पदम तामाङलाइ पक्राउ गर्न विद्यार्थीहरु, मानवअधिकार कर्मी तथा सञ्चारकर्मीहरुले दवाव समेत दिदै आएका थिए ।

शितल योङहाङको हत्या लगत्तै पाँचथरकै मिक्लाजुङमा अर्को कहाली लाग्दो हत्या प्रकरण भएपश्चात यो घटना केही ओझेलमा परेको थियो । तथापी प्रहरीले आन्तरिक रुपमा पदमको खोजी जारि राखेकै कारण सफलता मिलेको प्रहरीले जनाएको छ ।

फाल्गुनन्द गाउँपालिका वडा नं. २ निवासी पदम तामाङ र हिलिहाङ गाउँपालिका वडा नं. ४ निवासी शितल योङहाङ विचमा प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धमा खटपट भएकै काँरण किशोरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।