भारतमा मच्चाए तहल्का नेपाली बालकले , आयुष र प्रितम ‘सारेगमप’ को सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपालका पहिलो बालगायकद्वय प्रितम आचार्य र आयुष केसी ‘सारेगमप’ को सेमिफाइनलमा पुगेर आफ्नो क्षमता देखाएका छन्। शुक्रबार दुवै बालकले फेसबुक मार्फत सेमिफाइनलमा पुगेको जानकारी गराएका छन्। भारतीय गायन रियालिटी कार्यक्रम ‘सारेगमप’ जी टिभीबाट शनिबार र आइतबार प्रशारण हुन्छ। भारतीय गायन रियालिटी कार्यक्रम ‘सारेगमप’मा नेपाली प्रतिभा झल्किनु पक्कै पनि देश र नेपालीहरुको लागी गौरवमय हो।

सेमिफाइलनमा उनीहरु सहित ६ प्रतिस्पर्धी हुने कार्यक्रमको फर्म्याट छ। बालगायन रियालिटी कार्यक्रम सारेगमप गएको फ्रेब्रुअरी ९ बाट सुरु भएको हो।१६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए।

१२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी भएका थिए। कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएपछि उनीहरु टप ३० मा पुगेका थिए। आयुष र प्रितम २०७२ सालमा भएको शुरशाला जुनियर आइडलका प्रथम र द्वितीय विजेता हुन्।