पहिलो संस्करणको ‘मिस एस्इइ तनहुँ २०१९’ को ताज सुप्रिया श्रेष्ठलाई

पहिलो संस्करणको ‘मिस एस्इइ तनहुँ २०१९ को ताज सुप्रिया श्रेष्ठले’ हात पारेकी छिन् । आबुखैरेनी कला केन्द्रको प्रस्तुतीमा शनिबार कृष्ण चलचित्र मन्दिर आबुखैरेनीमा भएको ग्राण्ड फिनालेमा आफ्ना अन्य ५ अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस एस्इइ तनहुँ २०१९ को ताज पहिरिन सफल भएकी हुन् ।

पब्लिक चोइस, मस्ट कन्फिडेन्ट अवार्ड टाइटलसँगै मिस एस्इइ तनहुँ २०१९ को ताज पहिरिन सफल सुप्रियााले नगद पुरस्कार, म्युजिक भिडियोमा मोडलिङ सहित तिन वटा जिल्लाको भ्रमण गर्ने अबसर हात पारेकी छिन् ।

आबुखैरेनी तनहुँकी पार्वती गुरुङ वेष्ट वाक र फोटोजेनिक टाइटल अवार्डसँगै फष्ट रनर अप बनिन् ।

ब्युटिफुल टाइटल अवार्डसँगै डुम्रेकी अन्जली गुरुङ सेकेण्ड रनर अप भइन् ।

अर्गनाइजर चोइस अवार्ड टाइटलसङै थर्ड रनर अप भएकी छिन् अबिसा सुनुवार । मस्ट ट्यालन्ट पूजा केसी भइन भने रुपा बसेलले मस्ट डिसिपिलिन टाइटल अवार्ड हात पारिन ।

अभियान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको मिस एस्इइ तनहुँ २०१९ का निर्देशक अदिप श्रेष्ठ र कार्यक्रम संयोजक आशिष थापा रहेको थिए ।

यो किसिमको कार्यक्रम सुन्दरतासंग मात्रै सम्बन्धित नभएर यो ट्यालेण्ट र हाम्रो पहिचान बिस्तार र संस्कृतिको अभिवृद्धिसंग पनि सम्बन्धित छ र बिशेष गरी श्रृंखला खतिवडाको प्रबेशसंगै यो क्षेत्रमा नयाँँ आयाम नै थपिएको छ भन्दै लुम्बिनी-कपिलवस्तु दिवस विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले बिजेता सबैलाई हार्दिक बधाई ज्ञापन गरेका छन ।

 

सुप्रिया श्रेष्ठ सहभागी भएको नाचको भिडियो (उनी रातो छिर्केबिर्के सारीमा)