कार्लमार्क्सको जीवनी : सन्दर्भ कार्लमार्क्सको दिध्शताब्दीऔ जन्म दिवस

बैज्ञानिक साम्यवादका प्रणेता कम्युनिष्ट आन्दोलनका माहान गुरु दार्शनिक कार्लमार्क्सको जन्म ५ मे १८१८ को दिनमा आमा हेनरी यट्ररको कोखबाट ट्रीर सहरमा भएको थियो उनका बुवा हेनरिख मार्क्स फ्रान्सेली विचार बाट प्रभावित थिए|

कार्लमार्क्सले ट्रीर जिम्मेसियम स्कुलमा सन १८ ३० देखि १८३५ सम्म आफ्नो प्रारम्भिक अध्ययन पुरा गरेका थिए त्यतिबेला उनले पैसा छनौटबारे एक किशोरको बिचार निबन्ध लेखे जुन निबन्ध प्रवोधनकालको प्रगतिशील बिचारधारा बाट ओतप्रोत थियो मार्क्सको बौद्दिक प्रतिभाको प्रस्फुटन उक्त निबन्धले दर्शाएको थियो |
सन् १८३५ अक्टोबर मा मार्क्स बोन बिश्वविद्यालयमा कानुन बिभाग रोजेर भर्ना भए विश्वबिद्यालयमा कानुनशास्त्रको अलावा साहित्य नवीनतम कला इतिहास र सौन्दर्यसास्त्रको पनि अध्ययन गरे बोन विश्वविद्यालयमा एक बर्ष अध्ययन गरे पछी बर्लिन विश्वविद्यालयमा भर्ना भए जहाँ बैज्ञानिक अध्ययन र बौद्धिक विकासका लागि बढी सुबिधा थियो
बर्लिनमा मार्क्सले धेरै मेहेनत गरे जस्को फलस्वरुप उनको बौद्दिक बिकासले तिब्र गति लिन थाल्यो कलेजको अध्ययनको साथै स्वतन्त्र अध्ययनमा पनि व्यस्त रहे जस अन्तर्गत उनले मुख्यतः दर्शनशास्त्र र इतिहासको अध्ययन गर्दै साहित्य र कलाको पनि गहिरो अध्ययन गरे अंग्रेजी र इटाली भाषा समेत सिक्दै गरेर उनले धेरै छोटो समयमा माक्स माहान बौद्दिक व्यक्तिव बन्न सफल भए|

कार्लमाक्स र जेनी बाल्यकालका साथी थिए जर्मनीको राइन प्रान्तको सल्ज्वेडलमा रहेको एउटा सभ्रान्त परिवारमा सन् १८१४ को फेब्रुअरी १२ मा जन्मेकी जेनी बोन वेस्टफालेन आफ्नो पिता संगै ट्रीर बसाइ सरेर आएकी थिहिन बाल्यकालमा संगै खेल्दै गर्दा सुरु भएको बाल प्रेम बिस्तारै बिस्तारै हरेक दिनको सुर्योदय संगै फक्रदै जान थाल्यो र प्रत्येक रातको निरवता संगै प्रगाढ बन्दै गएको प्रेम दुवै जना युवा अवस्थामा पाइला टेकन न पाउदै एक अर्को बिना बाच्नै नसक्ने र प्रेमको खातिर जस्तो सुकै मूल्य चुकाउन पनि पछी न पर्ने भएका थिए जेनी र कार्लमार्क्स बीचको बाल प्रेम जेनी २१ बर्ष र मार्क्स १७ बर्षको हुदा युवा युबति बीचको प्रेममा परिणत भयो प्रेमको कोपिला फक्रदो सुगन्धित फूल बन्यो जसको परिणाम १८३६ को ग्रिष्मकालमा बिबाह गरे जेनी अभिजात बर्ग कि थिहिन यहि कारण जेनीको परिबारले सम्बन्धलाइ स्वीकार्य नगर्ने अवस्था देखेर त्यो बिबाहलाइ औपचारिक रुपमा सार्बजनिक गरिएन तीक्षण बुद्दि सुसिलता र उत्कृष्ट आचरण कि धनि जेनी बोन रुपमा पनि अनुपम थिहिन त्यसैले मार्क्स जस्तो बिलक्ष्यण प्रतिभालाइ जीवनसाथी बनाउन सफल भहिन भने मार्क्स आफ्नो बौद्दिकताले जेनी जस्ती सुन्दरी नारीलाइ जीवन संगिनी बनाउन सफल भए जेनी संग अगाध प्रेम थियो जेनी संग अलग्गै भएर बर्लिनमा बस्नु पर्दाको बिछोडको असहनीय पीडाबोधले कार्लमार्क्सलाइ प्रेम कथा गीति काब्य जस्ता भाब पूर्ण साहित्तिक कृति हरुको रचना गर्ने प्रेरण मिल्यो ति कृतिहरु मार्क्सको आफ्नै सब्दमा ” मेरी प्रयतमा ‘जेनी लाइ अनन्त प्रेम सहित समर्पण गरेका थिए मार्क्सकि पत्नी जेनी सम्पन्न परिवार कि थिहिन तर आफ्ना क्रान्तिकारी विचार तथा कार्यक्रमका कारणले उनले सधै अभाबग्रस्त र कष्टकर जीवन बिताउन पर्यो जेनीको जीवनको सब भन्दा महत्वपूर्ण पक्ष त्यस्तो गरिबी अभाव कठिन परिस्थितिमा वा अबस्थामा पनि मार्क्सलाइ सधै आफ्नो सच्चा र प्रगाढ प्रेम दिहिन र आफ्नो पतिका सबै बिचार र कार्यहरुमा सक्रियतापुर्वक साथ् दिहींन त्यसैले मार्क्स र जेनी सफल बिबाहित जोडी भनेर कहलिएका थिए जसको उदाहरण आज पनि लिने गरिन्छ
कार्लमार्क्सले बिद्याबारिधिकी थेसिस डेमोक्रेटिसको प्रकृति दर्सन बिचको भेद विषयमा तयार पारेका थिए यो नै मार्क्सको पहिलो बैज्ञानिक कृति हो जुन आध्यात्मवादी चिन्तन माथिको खोज थियो प्रोइसेन राजधानीमा रहेको विश्वबिद्यालयमा आफ्नो थेसिसको मूल्यांकन हुन सक्दैन भन्ने कुरा मार्कले बुझेर नै इगेना विश्वबिद्यालयमा आफ्नो थेसिस पठाए र १८४१ मा दर्सन शास्त्रको बिध्याबारिधिको उपाधि प्राप्त गरे त्यसपछि उनि अत्यन्तै प्रतिष्ठित दार्सनिक बन्न पुगे |

प्रगतिसिल र शोषित बर्गको हितमा आफ्नो जीवन अर्पण गर्ने अठोट गरेका मार्क्सले आफु जस्तै विचारघारा भएको अत्यन्तै विस्वासिलो र सहयोगी फ्रेडरिक एङ्गेल्सःलाई साथीको रुपमा पाए मार्क्स भन्दा दुइ बर्ष कान्छा एङ्गेल्सःको जन्म राइन प्रान्तको बार्मेंन सहरमा भएको थियो एङ्गेल्सःको कृति ” राजनीतिक अर्थसास्त्रको आलोचनाको रुप रेखा ” सिर्शक बाट मार्क्स परिचित भए पछी उनीहरुको बीचमा पत्र आदानप्रदान हुँन थाल्यो १८ ४४ अगस्टमा बेलायत बाट जर्मनी फर्किदा एङ्गेल्सः को पेरिसमा मार्क्स संग भेटे दस दिनको उनीहरुको ससर्गमा सबै सैदान्तिक क्षत्रमा उनीहरुको एकरुपता देखा पर्यो त्यसै बेला देखि उनीहरुको संयुक्त कार्य सुरु भयो मार्क्स र एङ्गेल्सःको यस ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुइ माहान दिग्गजहरुको सहयोगको थालनी भयो यो मित्रता र सहयोगले मजदुरवर्गहरुलाइ बैज्ञानिक क्रान्तिकारी सिद्दान्तमले सु सज्जित बनायो सर्वहारा पार्टीको राजनीति तिर कार्यनीतिको जग बसालेको थियो मार्क्सले आफ्ना सहकर्मी एङ्गेल्सः संग मिलेर विश्व कम्युनिष्ट आन्दोलनको घोसणापत्र पूंजी लगायत थुप्रै एतिहासिक कृतिहरु तयार पारे जसलेगर्दा साम्यवादी आन्दोलनमा लाग्ने हरुका लागि सधै मार्ग दर्सन गरिरहने छ त्यसैले मार्क्स र एङ्गेल्सः विश्व कम्युनिष्ट आन्दोलनका मार्ग दर्शन हुँन उनीहरुले देखाएको बाटोमा विश्व भरका कम्युनिष्टहरु हिडीरहेका छन् कम्युनिष्ट आन्दोलनमा मार्क्सको सर्बाधिक योगदान रहेको छ

मार्क्सको जीन्दगीमा धेरै कठिन परिस्थितिहरु आए मार्क्स परिवार जहाँ जहाँ जान्थे त्यहाँ बाट चाडैनै लघारिन्थे उनीहरुको आर्थिक अबस्था सारै नाजुक थियो सन् १८४४ मे १ मा पहिलो सन्तानको रुपमा छोरी जन्मिएकी थिइन मार्क्सले पत्रिका निकाल्ने काम गर्थे पत्रीकाको अबस्था पनि सन्तोषजनक थिएन यसैबीच १८४५ को सुरुमा उनीहरु बसेको घरमा अचानक प्रहरी आएर मार्क्सलाइ २४ घण्टा भित्र पेरिस छोड़न प्रसियाली सरकारले आदेश सुनाएर गयो जेनी लाइ भने परिस छाड्न भनेको थिएन जेनी ले यहि बेला आफ्ना समान बेचेर केहि पैसा जम्मा गरि उनीहरु ब्रसेल्समा सरे | केहि दिन पछी दुइ जना मानिस रातिमा घर भित्र पसेर सोधपुछको लागि भन्दै मार्क्सलाइ समातेर लगे त्यसै राति मार्क्सलाइ छुटाउन जेनी यता उता दौडने क्रममा जेनीलाई पनि प्रहरीले गिरफ्तार गर्यो तर जेनी बाट कुनै प्रमाण नभेटेपछि हिरासत बाट मुक्त गर्यो|

उनीहरु १८४५ मा पेरिसबाट १८४८ मा ब्रसेल्सबाट १८४९ मा क्योलनबाट र अगस्ट१८४९ मा फेरी पेरिस बाट निर्वासित हुनु पर्यो बसाइ सर्नको लागि उनीहरु संग पैसा थिएन कैयौ पटक त जेनी गर्भवती भएको बेला पनि निर्वासित भए एस्तो अबस्थामा जेनी र छोराछोरी एक्लै छोडेर मार्क्स २६ अगस्टको लन्डन पुगे एक पछी अर्को यस्ता धेरै दुखका दिन आए तर उनि बिचलित भएनन् यसको कारण जेनी हुँन सबै किसिमको दुख कष्ट सहन सक्ने सहनसिल र आफ्नो पतिले अपनाएको बाटो महान बाटो हो र यसले संसार भरिका श्रमिक बर्गलाई सबै किसिमका शोसर्णहरु बाट मुक्त गराउछ भन्ने दृढ बिस्वास भएकी पत्नीको साथ् र अगाढ मायाले प्रमुक भूमिका खेलेको थियो मार्क्सको माहान खोज कार्यमा आर्थिक विपन्नता र पारिबारिक बिछोडका व्यथाहरुले अबरोध खडा गर्न खोजिरहेका हुन्थे तर जेनी ले हरेक समस्यालाइ सामान्य रुपमा लिएर सामना गर्थिन यस्तैमा १८५० को नोभेम्बरमा निमोनियाको कारण मार्क्सको छोरा फाक्सको मृतु भयो यसैगरी १८५३ को क्रिस्मसमा अर्को छोरी फान्जिस्काको मृतु भयो त्यतिबेला उनीहरु संग कपन किन्ने पैसा थिएन तिन जना जिउदा वच्चाहरुलाई एक कोठामा सुताएर अर्को कोठामा लास संग रोएर बसे त्यसै बेला जर्मन बाट आएका साथीहरु संग दुइ पौण्ड मागेर कपन किनेर लाश चियानमा गाडे |

मार्क्सकि छोरी इलेनर समाजबादी आन्दोलनका बिभिन्न छेत्रमा सक्रीए थिइन तर एकजना व्यक्तिले उनलाई प्रेममा धोका दिएर अर्कै महिला संग बिबाह गरेकाले उनले आत्महत्या गरेकी थिइन |
जेनी फोक्सोको निमोनियाको कारण लामो समय सम्म बिरामी भएर ओछ्यानमा परेकी थीइन उता मार्क्सलाइ पनि कलेजोको क्यान्सर भएको थियो डाक्टरले उनीहरुलाइ खतरा छ भनेका थिए सन् १८८१ को डिसेम्बर २ का दिन लन्डनमा जेनीको मित्यु भयो तर बिरामीले ग्रस्त भएका मार्क्स जीवन भर अगाढ माया गरेकी पत्नीको अन्त्यष्ठीमा पनि सहभागी हुँन सक्नु भएन | जेनीको मृत्युको लगभग १५ महिना पछी १४ मार्च १८८३ मा मार्क्सको पनि लन्डनमा मृत्यु भयो लन्डनमा उनको परिबारका सदस्य र साथीहरुले १७ मार्च १८८३ मा लन्डनको हाईगेट कोटमा कार्लमाक्सको सरिरलाइ अन्तेष्टि गरे|

कल्पना पौडेल जिज्ञासु
गैडाकोट नवलपरासी|