रास्कोट अस्पताल सहयोग अभियान जापानको निमन्त्रणामा पत्रकार सम्मेलन तथा रकम हस्तान्तरण कार्यक्रम

ज्वाला संग्रौला, जापान

रास्कोट अस्पताल सहयोग अभियान जापानको निमन्त्रणामा आज भएको पत्रकार सम्मेलन तथा रकम हस्तान्तरण कार्यक्रमा उपस्थित भएर हामीलाई बिभिन्न तवरले सहयोग गरिदिनुहुने आदरणीय जापानबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनी लगायत हामीले उठाएको रकमलाई जस्ताको तस्तै क्यामराको लेन्समा कैद गरेर पारदर्शी तरिकाले जनता सामु पुर्याउन अहम भूमिका खेल्नु हुने सन्चारकर्मीहरुमा रास्कोट अस्पताल सहयोग अभियान जापान सर्बप्रथम हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।लगभग चार महिना सम्म चलेको यो हाम्रो अभियानमा जापान लगायत मलेशिया, क़तार, अस्ट्रेलिया, कुबेत, ओमन , युएई, साउदी अरेबिया, मकाऊ ,इजरायल, भारत आदि देशमा छरिएर रहनु भएका धेरैभन्दा धेरै मनका धनी नेपालीहरुले हृदय खोलेर सहयोग गरिदिनु भयो! सक्नेले आर्थिक सहयोग र नसक्नेले हामीलाई नैतिक र भावनात्मक सपोर्ट गर्दै हाम्रो अभियानलाई आँट, हौसला र उर्जा दिईरहनु भयो! हाम्रो अभियानका फेशबुक पोस्टहरुलाई सामाजिक सन्जालको दुनियाबाट सेयर गरेर बिश्वका कुना कुना सम्म पुर्याउन हरदम सक्रिय रहनु हुने फेशबुकमा जोडिनु भएका साथीहरुलाई त झन् धन्यबाद दिने कुनै शब्दै छैन हामीसँग! तपाई हाम्रो सामूहिक प्रयास रास्कोटबासीको जीबन बचाउनको लागि थियो! यो पुन्य कार्यमा हातेमालो गरिदिनुहुने समस्त नेपाली मनहरुप्रति फेरिपनि हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं!


आजसम्मको सहयोग अपडेट यसप्रकार छ
जापानबाट जम्मा 341 जना दाताहरु सहयोग गर्नु भएको रकम एकमुस्ट रकम= 2,061,295 JPY(बीस लाख एकसठ्टी हजार दुईसय पन्चानब्बे जापानिज येन !)

अन्य मुलुकबाट जम्मा 23 जना दाताहरुले सहयोग गर्नु भएको एकमुस्ट रकम =2,90,307 Rupees (दुईलाख नब्बेहजार तीनसय सात रुपैयाँ)

नोट: जापानमा जम्मा भएको रकम आजै हामीले Easy Link Remittance लाई हस्तान्तरण गरेका छौं! Easy Link ले रास्कोट अस्पतालसँग सहकार्य गरेर काम गरिरहेको छ! Exchange Rate राम्रो भएको दिन त्यो रकम Easy Link Remit ले रबि लामिछाने फ़ाउण्डेशनमा जम्मा गर्ने छ र साथै नेपालमा जम्मा भएको रकम पनि सोहि दिन फाउण्डेशनको खातामा जम्मा हुनेछ। एकमुस्ट रकमको चेक हाम्रा नेपालका अभियन्ता साथीहरुको रोहबरमा News 24 को कार्यालयमा रबि लामिछानेलाई हस्तान्तरण गरिने छ!

आज अभियानको अन्तिम दिन पत्रकार सम्मेलनमा हामीलाई सहयोग गर्ने सहयोगी दाताहरु पनि आउनु भएको थियो ! वहाँहरुको सहयोग बिवरण यसप्रकार छ:
1) बुद्दिराज घिमीरे-10,111 yen
2)कपिलदेब थापा-10,000 yen
3)किशोर श्रेष्ठ – 5000 yen
4)तिलक पराजुली-5000 yen
5)दुर्गा प्रसाद आचार्य-2000 yen
6)प्रेमिला गौचन- 10,000 yen (वहाँले यसअघि पनि हामीलाई अस्पतालकै लागि 11,111 yen सहयोग गर्नु भएको थियो र आजको सहयोग चाहिँ वहाँको आउँदै गरेको जन्मदिनको उपलक्षमा हो। वहाँलाई जन्मदिनको अग्रिम शुभकामना ! वहाँको एकमुस्ट सहयोग 21,111 Yen हुनगएको छ! वहाँलाई फेरिपनि धन्यबाद!)

यो रकम पनि आज माथिको लिस्टमा जोडिएको छ!

आजको हाम्रो पत्रकार सम्मेलनमा उपश्थित संचारकर्मी सरहरुको नाम छुटाउन चाहादैनौ! वहाँहरु हुनुहुन्छ-

-पत्रकार महासंघ जापानका अध्यक्ष आदरणीय मोहन घले ज्यु
-पत्रकार महासंघ जापानका उपाध्यक्ष आदरणीय पूर्ण चलाउने ज्यु
-नेपाल न्युजपोस्ट डटकमका सम्पादक आदरणीय राजन गौतम ज्यु
-मातृशन्देश डटकमका संबाददाता आदरणीय दुर्गा आचार्य ज्यु
-डिसी नेपाल न्युज पोर्टलका संबाददाता आदरणीय ज्याक खड्का ज्यु
-एभरेस्ट फुजी डटकमका संचालक आदरणीय प्रेमिला गौचन ज्यु

हाम्रो कार्यक्रमलाई सहज बनाउन स्थल उपलब्ध गराईदिनु हुने कोहिनुर रेस्टुरेन्टका सन्चालक आदरणीय बुद्दिराज घिमीरे ज्यु र कार्यक्रमको संयोजन गरि सहज बनाईदिनु हुने Easy Link Remittance का CEO आदरणीय डिपी अर्याल ज्युलाई बिशेष धन्यबाद दिन चाहन्छौं..!

हजुरहरु सबैको जय होस .