प्रेम गीत ३ मा प्रदिप खड्का र आँचल शर्मा !निर्माता सेन के भन्छन ?

निर्माता सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार हुन लागेको बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ मा नायिका आँचल शर्मा अनुबन्धित हुने सम्भावना बढेको छ।पर्दशनको मिती समेत बाहिरिसकेको चलचित्र प्रेम गीत-३मा आँचल शर्मा अनुबन्दित हुने सम्भावना बढेको हो।एता प्रदिप खड्का चलचित्रमा रहने भन्ने समाचार बाहिरीए पनि अहिले सम्म प्रदिप अनुबन्दित नभएको निर्माताको खुलासा छ।निर्मातालाई हामीले प्रश्न गरेउ ‘के आँचल प्रेम गीत-३ मा आउदै हुन?”सन्तोष सेनले भने ‘हामीले अहिले सम्म कुनै निर्णय गरेका छैनौ,बाहिर आएको हल्लाह आधिकारिक हैनन्’।

यसकारण आयो आँचल प्रेम गीत-३ पर्ने सम्भावना :
पछिल्लो समय सन्तोष सेनले आँचलको हरेक गतिविधिको सपोर्ट गर्दै आएका छन।त्यसो त् सन्तोष सेनले उठाएको बिषयमै आँचल बोल्दै आएकी छिन।केहि समय देखि कलाकारले लिने महँगो बजेट अर्थात बाहिर एउटा भित्र एउटा एग्रिमेन्टको बिषयलाई गलत तरिकाले अगाडी बढाएको र त्यसको प्रतिफल कलाकार आफैले भोग्नु पर्ने भन्दै एक मिडियामा आँचलले आफ्नो अभिव्यक्ति दिएकी थिइन।त्यहि बिषयलाई सन्तोष सेनले सपोर्ट गर्दै आफ्नो फेसबुक वलमा लेखेका छन “हामी कॉहा नयॉ दर्शक अझै आउन सकेका छैनन् र आउदैनन् पनी जब सम्म हामी सबै यो विषयमा गम्भिर हुदैनौ.. सबैले पाउनु पर्ने पारिश्रामिक पाउनु पर्छ .. होड्बाजीले राम्रो बिषय वस्तु भएपनी निर्माणमा खुम्चिनु पर्ने बाध्यता छ .. यस्ले पक्कै पनि दर्शक वृद्दि होईन भोलीको दिनमा नेपाली फिल्मको दर्शक पनि थिए भन्नु पर्ने अवास्था आउन सक्छ .. सर्वप्रथम धरै चलचित्रले दर्शकको मन पगालौ धेरै मेकर प्रती विश्वास दिलाउ अनी हामी सबै आफ्नो भाउ तिर जाउला .. (राम्रो बिचार ऑचल शर्माको)” आँचल को बिचारलाई सपोर्ट गरेको सन्तोषले आँचललाइ चलचित्रमा अनुबन्धित गर्लान भन्ने प्रश्न बाहिर आउदा यसलाई हामी अनुमान मात्रै गर्न साक्छौ कि आँचल सन्तोषको रोजाईमा छिन यद्द्यापी यहि निर्णय भने हुन नसक्ने देखिन्छ।चलचित्रलाई निर्माता सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।

निर्माता सेनले रिलिज डेट बुक गरेपनि केहि हप्ताभित्रै चलचित्र र कलाकारहरु घोषणा गर्ने मुडमा रहेको उनि निकट व्यक्तीहरु बताउँछन् । तर सेनले भने, ‘चलचित्र हो, स्क्रिप्ट अनुसार कलाकार परिवर्तन हुन सक्छन्, हामीले स्क्रिप्ट अनुसार कुन कलाकार कस्तो भुमिकामा फिट हुन सक्छ भनेर खोजिरहेका छौं ।’
फ्लोरमा जान तयार भैसकेको बेलामा समेत निर्माता सेनले किन कलाकारहरु घोषणा गर्न मानेका छैनन ? चलचित्रमा अभिनेता प्रदीप नभएर अरु कोहि त आउनेवाला छैन ?के आँचल आईन भने प्रदिपले आँचल संग चलचित्रमा जोडी बन्न मान्लिन? त्यो भने हेर्न बाँकी छ ।