इशा गुरूड्ंको पहलमा संकलित सहयोग रकम रु.२५,१०,००० आर्थिक सहयोग रास्कोट अस्पताललाई (भिडियो सहित)

“सिधा कुरा जनता सँग”को कार्यालयमा गरिएको रास्कोट अस्पताल सहयोग अभियान अन्तर्गत बेलायतमा लामो समय देखि बसोबास गर्दै आउनु भएकी राष्ट्रप्रेमि चेली सामाजिक अभियन्ता इशा गुरूड्ंको पहलमा संकलित सहयोग रकम रु.२५,१०,००० आर्थिक सहयोग चर्चित पत्रकार तथा रास्कोट सामुदायिक हस्पिटल सहयोग अभियानका प्रमुख संयोजक रबि लामिछाने हस्तान्तरण गर्नु भएको छ खबर अहिले सामाजिक संजालमा भाइरल भएको छ।

बेलायतमै रहेर सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको राष्कोट सामुदायिक अस्पताल निर्माणको लागि संकलन गरेको रकम नेपाल आएर सिधा कुरा जनता सँगको स्टुडियोमै पुगेर हस्तान्तरण गर्नुभएको हो । उहाले २५ लाख १० हजार रुपैया हस्तान्तरणगर्नुभ एको हो ।देश बाहिर रहेर पनि दुखी पीडितहरुको लागि भगवान बन्दै आएकी गुरुङ अन्य धेरै सामाजिक कार्यहरुमा पनि सहयोग गर्दै आइरहेकी छिन् । बेलायत बाट फर्किए लगत्तै पोखराको एक स्कुलमा कापीकलम झोला लगायत अन्य गाउँका महिलहरुलाई पछ्यौरा समेत वितरण गरेका थिए ।

केहि समय अगाडी फेसबुक लाइभमा इशा गुरुङले खुलाए अनुसार उनको पहलमा दुई करोड रुपैया भन्दा बढी दुखि पीडीतको सहयोगार्थ दान भईसकेको छ । बेलायतमा बसोबास गर्नुहुने नेपाल र नेपालिहरुको निम्ति सदैव दु:खिहरुका पिडा र नेपाल आमाको बिपत्ति अनि दुखमा मल्हम लगाउन अघि सर्नुहुने हजारौँको बिश्वास जितेर सहयोग जुटाउनुहुने आदरणिय सामाजिक अभियन्ता इशा गुरुङ र उहॉ मार्फत कर्णाली बासी दिन दुखी नेपालीहरुको सेवामा मन खोलेर सहयोग गर्नुहुने सम्पुर्ण १६५ जना राष्ट्रप्रेमि सहयोगी मनहरुमा हार्दिक आभार सहित कोटि कोटि नमन टक्राउदछौ।

इशा गुरुङले हस्तान्तरण गरी रहेको एउटा मिठो पलको भिडियो पनि हेर्नुहोस उनि कति खुशी देखिन्छिन ।