जन्म दिएको छोरीलाई आफ्नै ज्वाइले….., रक्सि खाएर आएका बसन्तले बन्चरोले श्रीमतीको टाउँकोमा प्रहार गरी हत्या गरे

कपिलबस्तुको शिवराज नगरपालिका १ बन्कस्बासका ४० बर्षीय बसन्त परियारले आफ्नी श्रीमती सुमित्रा परियारको हत्या गरेको घट्ना कार्तिक ११ गते सार्वजनिक भएको थियो। रक्सि खाएर आएका बसन्तले बन्चरोले श्रीमतीको टाउँकोमा प्रहार गरी हत्या गरेका हुन्।
अहिले घट्ना घटेको ७ महिना वितिसकेको छ। मृतककी आमाको आँखा छोरीको सम्झनामा रसाई नै रहन्छ। मृतक सुमित्राले १२ वर्ष हुँदा सुटुक्क प्रेम विवाह गरेकी थिइन। उनको आमा अनुसार, सुमित्रालाई सुतेकै अबस्थामा बन्चरोले टाउँको मा प्रहार गरेका थिए। सुमित्राका श्रीमानले श्रीमतीको हत्या गरी ढोका थुनेर भागेका थिए। मृतक सुमित्राकी आमा गह भरी आँशु बोक्दै भन्छिन, ‘छोरा छोरीको माया जन्म दिनेलाई थाहाँ हुन्छ। ज्वाइले सधै दिन रात रक्सिले मातेर आउने गर्थे। कमाएको एक रुपैया सन्तान श्रीमतीलाई दिदैन थिए।’

अभियुक्त बसन्त परियारका तीन सन्तान छन्। आमाको मृत्यु भएपछि बाबु जेलमा छन् भने सन्तानको विचल्ली भएको छ। बसन्तको जेठो छोरा कमाउन कै लागि लुम्बिनीमा मिस्त्रीको काम गर्थे। बसन्तका १३ वर्षिय छोरा सुजन परिवारले पढ्न छाडेर आफ्नो पेटपाल्न नजिकैको कन्स्ट्रक्सनमा काम गर्ने गर्छन। उनी दिनको चार सय कमाउछन। कमाएको दिनभरीको पैसा आफ्नो काकालाई बुझाउछन् ।उनी अहिले काकासँगै बस्दै आएका छन्। उनले ३ कक्षामा पढ्दा पढ्दै आफ्नो शिक्षालाई पूर्णविराम लगाएका छन्। उनका बुबाआमा पहिला लेलेस्थित इट्टाभट्टामा काम गर्ने गर्थे। इट्टाभट्टाका साउले घट्ना पछि उनको ११ वर्षिया बहिनीलाई पढ्न काठमाडौँ लगेको उनी बताउँछन्।

१३ वर्षिया बालक सुजन घट्नालाई सम्झिदै भन्छन, ‘बाबा ५ दिन जति हराएर घर आउनु भएको थियो। त्यस दिन आमालाई साँझ खाना खानेबेला त भोलि बाच्दीनस भनेका थिए। बाबाले हातमा कुट्छु भन्दै चेन लिएर हिडिरहेका थिए। ७ बजे पछि बहिनी र म निदायौ। पछि हल्ला सुनेपछि उठेर हेर्न जाँदा बाबा ढोका लाएर हिडिसकेका थिए। आमा रगत्तामै लडिरहेकी थिइन। चिसो रगत भित्ता भरि नै लागेको थियो। मैले पछि सबैलाई बोलाए।’ उनले थपे, ‘बाबा पहिला पनि रक्सि खाएर आमासँग झगडा गर्नु हुन्थ्यो। हामीलाई पनि कुट्ने गर्नु हुन्थ्यो।’

बाबुआमाको झगडाले गर्दा आज सुजन र उनको बहिनीको भविष्य अन्योलमा परेको छ । कानुनले बालमजदुरी रोक्ने प्रावधान ल्याए पनि बाबुआमाको छत्रछाया नरहे पछि उनीजस्ता हजारौ बालबालिका ज्याला गर्न बाध्य छन्।

हेर्नुहोस भिडियो