२०७६ सालमा रगतको खोलो बग्छ भन्ने ज्योतिषहरुमाथि कारवाही हुन्छ : सागर थापा : भिडियो

विश्व हिन्दू यूवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले धार्मिक मात्र नभई सामाजिक कार्य पनि उत्तिकै लागि परेका छन्। उनको समितिले असहाय, अशक्त बालबालिकालाई छात्रावृतिमा सिफारिस गर्ने काम गर्दै आएको छ। अहिलेसम्म उनको टिमले ८ सय ५३ जना असहाय तथा गरिब बालबालिकालाई छात्रावृति प्रदान गरिसकेको छ।

बारामा हावाहुरी प्रभावित क्षेत्रमा २४ ओटा घरमा छानो हाल्न उनले सहयोग गरिरहेका छन्। पिडीतहरुको घरमा छानो छाएर हस्तानतरण गर्ने उनको आगामी योजना रहेको बताए।

उनले वृकृति र विसंगती विरुद्ध पनि आवाज उठाउँदै आईरहेको बताए। धर्मको नाममा विकृति फैलिएकोमा चिन्ता व्यक्त गरेका छन् । पशुपतिमा शवमा गाड्न पाइदैन भन्दै बिरोध गरेका हुन् इसाई धर्मलम्बीहरुले शव गाड्दा पशुपतिको अपमान भएको भन्दै सबै भत्काएको उनी बताउछन्। पछिल्लो समय उनले गरुड पुराण जस्तो पवित्र नामलाई दुर्पयोग गरेर चलचित्रको नाम राखेको भन्दै बिरोध गरेका थिए। विरोध पछि उक्त चलचित्रले नाम परिवर्तन गरिएको थियो। राज्यले धर्ममाथि विकृति र विसंगती दोष देखाएर हिन्दुधर्मलाई कमोजोर बनाउँन खोज्छ भने कदापि स्वीकार नहुने उनको भनाई छ।

पछिल्लो समय भविष्यबाणी गर्दै आएका ज्योतिषहरुको आलोचना गर्दै उनले भने, ‘नेपालमा वृकृति, अपवाह फैलाई रहेकाहरुमाथि कारबाही हुनै पर्छ। नेपालमा २०७६ राज सँस्था आउने देखि देशमा रगतको खोलो बग्छ, दुर्घटना हुने जस्ता भविष्य बाणी गरेर नेपालीहरुमा त्रास फैलाएर भ्रम पैदा हुने काम गर्नेलाई पक्राउ गर्नुपर्छ।’ यस्ता ज्योतिषहरुलाई सरकारले कडा कारबाही गर्नुपर्ने उनको भनाई छ। यस्ता विकृति र विसङ्गतीलाई हटाउनु राज्यको प्रमुख दयित्व रहेको उनले बताए।

उनले थपे, ‘धर्मको नाममा त्रास फैलाएर सम्पति कुम्ल्याउने माता पिताहरुको अनुसन्धान गर्नेछौ। संघले प्रत्येक ज्योतिषहरुको छानबिन गरि कारबाही गर्नेछौ। सरकारलाई कारबाही गराउन बाध्य गराउछौ।’

हेर्नुहोस भिडियो