‘शान्ति नेपाली समाज बेलायत’ द्वारा आयोजित नया बर्ष २०७६ शाल कार्यक्रम मिडल्याण्डको बर्मिङ्गघममा भब्य रुपमा सम्पन्न

बेलायतकै लोकप्रिय संस्था ‘शान्ति नेपाली समाज बेलायत’ द्वारा आयोजित नया बर्ष २०७६ शाल कार्यक्रम मिडल्याण्डको बर्मिङ्गघममा भब्य रुपमा सम्पन्न भएको छ । शान्ति नेपाली समाज बेलायतका अध्यक्ष श्री लिला बहादुर थापा सभापति लगायत प्रमुख अथिति बेलायतका लागि नेपाली राजदुत महामहिम श्री दुर्गा बहादुर सुबेदी द्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभआरम्भ गरिएको गराउनु भयो ।

गित संगीतको माध्यम बाट कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गराउन सहयोग गर्नु हुने कलाकारहरु गायक राजन राज सिवाकोटी लगायत गायिका मिलन नेवार , NRNA UK का अध्यक्ष श्री योग कुमार फगामी ज्यु लगायत सम्पूर्ण आमन्त्रित अतिथि , विभिन्न संघ संस्था का प्रतिनिधि हरु सहभागिता देखिएको थियो ।

६०० भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सस्थाकी उपाध्यक्ष श्रीमती जयन्ती थापाले स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रममा नेपाली शहिदहरूको सम्झनामा १ मिनेट मौन धारण गरी राष्ट्रिय गान गाउदै कार्यक्रम अगाडी बढेको थियो।

नेपाल देखि पाल्नु भएका चर्चित राष्ट्रिय कलाकारहरु राजन राज सिवाकोटी र मिलन नेवारको उपस्थितले यस प्रोग्रामलाइ भरपुर मनोरञ्जन दिन सफल भएको थियो।

कार्यक्रम मा नेपाली पोशाक मा सजिएका स्थानिय कलाकार हरुले बिभिन्न नेपालको मौलिकता झल्काउने किसिमको नाचगान गरि उपस्थित सबै लाइ भरपुर मनोरञ्जन गराएका थिए । कार्यक्रममा राफल पनी अतिनै आकर्षक वातावरणमा सम्पन्न भएको थियो र कन्या को हातबाट राफल को नतिजा निकालिएको थियो र प्रथम,दुतीय,तृतीय हुनेलाई आकर्षक पुरस्कारहरु वितरण गरिएको थियो ।

यस कार्यक्रम लाइ संचार माध्यम बाट प्रचार प्रसारको लागी स्कटनेपाल डट कम लगायत लन्डननेपाल न्युज मिडियाहरु सक्रियरुपमा देखा परेको र अन्य पत्रकारहरु बिभिन्न ठाउँ बाट उपस्थित भै संसार भरी रहेका नेपालीहरु माझ पुराउन सहयोग गर्नु भएको संस्थाकी प्रबक्ता अन्जु पाठकले गराउनु भयो।