जिल्लाको शैक्षिक बिकासमा अध्यक्ष ढकालको योगदान महत्पूर्ण चार कोठे पक्की बिद्धालय भबन हस्तान्तरण

गोरखा । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको पहलमा गोरखा जिल्लाको शैक्षिक बिकासमा महत्वपूर्ण भूमिका रहेको सरोकावालाहरुले बताएका छन् । भूकम्पपछि थिलथिलो बनेको गोरखामा ढकालकै पहलमा पहिलोपटक जागेश्वर उच्च मा.बि.को आठ कोठे पक्कि भवन निर्माण गरीएको थियो । करिव एक करोड लगानीमा एक बर्ष भित्रमा नै बिद्यालय भवन निर्माण गरिएको थियो । ढकालको पहलमा गोर्खा जिल्लामा मात्रै एक दर्जन भन्दा बढी पुस्तकालय तथा बिद्यालय भवनहरु निर्माण भएका छन् ।

गोरखा जिल्लाका नेता रहेका ढकाल शुक्रबार पनि विद्यालय भवन हस्तान्तरण कार्यक्रममा सहभागि हुन् गोरखा पुगेका थिए । उनकै पहलमा निर्माण भएको भीमसेन गाउपालिका ८, गोर्खा स्थित श्री भवानी प्राथमिक बिद्यालयको ४ कोठे पक्कि भवन गाउपालिकाका दूई बडा अध्यक्षको उपस्थतिमा बिद्यालय हस्तान्तरण गरे । सो कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भुकम्पको कारण बिद्यालयको पुरानो भवन पूर्ण रुपमा क्षति भएको र बिद्धार्थीहरु खुला आकासमा अध्ययन गर्न बाध्य भएको दृश्य सहन नसकी बिद्यालय भवन निर्माण गरेको जानकारी दिए ।

२०४५ सालमा स्थापना भएको बिद्यालय भवन भुईचालो पश्चात टहरामा सञ्चालन गरिएको थियो । भवन निर्माणमा सहयोग गर्ने युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार संघ र तथा अन्य दाताहरुको सहयोगबाट निर्माण भएको भन्दै ढकालले आफूले समन्वयकारी भूमिका खेलेको बताए । उनले बिद्यालयको उचित सदुपयोग र संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्दै शैक्षिक क्षेत्रको बिकासमा आँफु सदैब लागि रहने बताए । भीमसेन गाउपालीका ७ का बडा अध्यक्ष नारायण श्रेष्ठ र ८ का अध्यक्ष बाँसु थापाले अध्यक्ष ढकालले गोर्खा जिल्लाको शैक्षिक बिकासमा गर्नु भएको योगदानको उच्च प्रसंशा गरे । उनीहरुले ढकालले आफ्नो गाउँको नाम बिश्वमा परिचीत गराएको भन्दै भिमसेन थापा जन्मेको स्थानमा संग्राहलय निर्माण गर्नको लागि पहल गरिदिन आग्रह गरे ।

नेपाल प्रहरीका पूर्व डीआइजी डा श्याम नेपाल, परिवार दलका प्रबत्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापा लगायतले शुभकामना ब्यक्त गरेका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हर्कबहादुर खत्री बिद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद रेग्मीले बिद्यालय बनेपनि यस्मा चाहिने फर्निचर ,शौचालय लगायतको अभाव रहेको बताए । ३३ लाख रुपैयाँको लगानीमा भवन निर्माण गरिएको हो ।

अध्यक्ष ढकाल सरस्वती मा.बि. जागेश्वर उच्च मा.बि लगायत बिद्यालयको शैक्षिक बिकासको बारेमा बिद्यलय ब्यबस्थापन समति र शिक्षक शिक्षिका हरुसँग अन्तरक्रिया समेत गरेका थिए । ढकालले ती कार्यक्रममा बोल्दै नेपालको शैक्षिक स्तर उकास्न बिद्धालयहरुको भौतिक पूर्वाधारको विकास गर्नु पर्ने बताए । उनले शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउनु पर्नेमा जोड दिए । उनले सामाजिक कार्यमा नागरिकहरु सबैखाले भिन्नताका बाबजुत एकजुट भयर लागिपरे छोटो समयमा समाजमा सकारात्मक परिबर्तन गर्न सकिने बताए । दलका प्रवत्ता सन्तोष कुमार पौडेलले गोरखा दलको पहलबाट निर्माण भएका बिद्यालयले सयौं बिद्धथीहरु लाभान्वित भएको बताए ।

अध्यक्ष ढकालले जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरि स्थानीयसंग अन्तरक्रिया तथा निर्माणाधीन योजनाहरुको अवलोकन गरको दलका अध्यक्ष रबिन्द्र थापाले जानकारी दिए ।