हरेक बर्ष बित्छ म रोएर, सधैं मेरो समुदाय अपमानित भएर जातकै कारण कुटिएर, मारिनु पर्छ यो बर्ष आजबाट गन्दै छु र सुरु गर्दै छु तिमिहरु विरुद्धको अभियान नयाँ बर्ष यो बर्ष मेरो खास हुने छ तिमिहरुको जो अब पनि यो संस्कारलाइ अगाल्छौ तिमिहरुको लागि दशा हुने छ। : सरु सुनार

नयाँ बर्ष २०७६सालको हार्दिक मंगलमय शुभकामना !

एक बर्षमा कति दिन कति रात कति घन्टा, मिनेट, सेकेन्ड घुम्यो यो भन्दिन म भित्तामा झुन्डाइएका क्यालेन्डर फेरिए झै, रुखका पातहरु झरे, नयाँ पात पलाए, धेरै परिबर्तन भए तपाईंका योजना, उदेश्य, गन्तव्य, तपाईंको गन्तव्य तर परिबर्तन भएन तपाईंका सदियौ देखीका अन्धबिश्वास, कुसंस्कार र कुरुतिका रुडिबादी सोच, अब म २०७५ मा फर्किन चाहादिन तर आजबाट सुरु भएको नयाँ बर्ष २०७६ बाट तपाईंहरुले आफ्नो सोचलाइ बदलनुहुने छ। बिचारलाइ परिबर्तन गर्नु हुने छ। मानब भएर आफ्नो परिचय दिनु हुनेछ।

यदि अब यो बर्ष बदलिनु भएन भने अब यो बर्ष र आजैबाट कानुनी कारवाहीको लागि अभियान यती शसक्त भएर जानेछ कुनै दिन जातीय विभेद र छुवाछूत गर्नेहरुका लागि कानुनी कठघरा सानो हुनि छ। कि सुध्र नयाँ बर्षबाट कि अब अर्को बाटो हामी जाँदै छौँ।

हरेक बर्ष बित्छ म रोएर, सधैं मेरो समुदाय अपमानित भएर जातकै कारण कुटिएर, मारिनु पर्छ यो बर्ष आजबाट गन्दै छु र सुरु गर्दै छु तिमिहरु विरुद्धको अभियान नयाँ बर्ष यो बर्ष मेरो खास हुने छ तिमिहरुको जो अब पनि यो संस्कारलाइ अगाल्छौ तिमिहरुको लागि दशा हुने छ। देश बिदेशमा रहनुहुने सम्पुर्ण आफन्त, साथिभाइ सबैमा नयाँ बर्षको सुभकामना!

सदबुद्दी छावोस, सबैमा happy new year 2076
सरु सुनार