लुक्ला विमान दुर्घटना अपडेट: काे-पाइलटसहित चार जनाकाे मृत्यु , घटनास्थलको भिडियो हेर्नुहोला (भिडियो सहित)

सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमानले मनाङ एअर र श्री एअरका हेलिकप्टरहरूमा ठोक्किएको अधिकारीहरूले बताएका छन्।लुक्ला विमानस्थलका प्रबन्धनक इमनाथ अधिकारीका अनुसार घटनामा परेर ४ जनाको मृत्यु भएको छ।प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा समिट एअरको विमान आएर ठोक्किएको थियो।

समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। उनक आनुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो। त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए।तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।