प्लेन र हेलिकोप्टर ठोकियो, घटनास्थल यस्तो छ, पोखरामा सडक छेउमै शब फेला (भिडियो)

नयाँ बर्ष २०७६ लाई स्वागत गर्न नपाउँदै नेपालमा दुखद् घटना घटेको छ । बैशाख १ गते अर्थात २०७६ को पहिलो दिनमै लुक्ला बिमानस्थलमा दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् ।
सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा समिट एयरको विमान रनवेबाट टेकअफ गर्ने क्रममा पार्क गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग ठोकिन्न पुग्दा पर्यटक प्रहरी लुक्लामा कार्यरय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र समिट एयरको कोपाइलट एस. ढुंगानाको मृत्यु भएको, लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएकोमा थप उपचारको क्रममा मृत्यु भएको । समिट एयरमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेको बुझिन आएको ।
पोखराको औद्योगिक क्षेत्र नजिकै सडक नालीमा शव भेटिएको छ । सेती नहरको पानीले उतारेको अवस्थामा शनिबार दिउँसो साढे २ बजेतिरको समयमा नालीमा शव देखिएको हो । बोरा लगायतका फोहोरले बेरिएको अवस्थामा भएकाले सुरुमा पुरुष वा महिला एकिन भएको थिएन । प्रहरी पुगेपछि शव निकाल्ने क्रममा शव महिलाको भएको पुष्टि भएको छ ।सडक छेउमा उभिएर बस कुरिरहेकी महिलाले हात देखेपछि होहल्ला गरेकी थिईन् । शव भेटिएको स्थान औद्योगिक क्षेत्र प्रहरी कार्यालयबाट २ सय मिटर जति तल खसीबजार एरिया साइडमा पर्दछ । जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोली घटनास्थल पुगेको छ । केहि समय पृथ्वी राजमार्गको सो सडकखण्डमा जाम भएर सवारी आवागमनमा असर परेको थियो ।