नेपाल स्कटलैण्ड एसोसिएसनको १६औं बार्षिक साधारण सभा सम्पन्न, नयाँ अध्यक्षमा बिजय डंगोल सर्वसम्मतले निर्विरोध अध्यक्ष (२०१९-२०२१) पदमा नियुक्त ।

स्कटल्याण्ड युके,

यही अप्रिल ७ तारिख, २०१९ आइतबार भएको नेपाल स्कटलैण्ड एसोसिएसनको १६औं बार्षिक साधारण सभा भब्यतका साथ सम्पन्न भएको जानकारी गराउन चाहन्छौं र नयाँ अध्यक्षमा बिजय डंगोल सर्वसम्मतले निर्विरोध अध्यक्ष (२०१९-२०२१) पदमा नियुक्त भएकोमा स्वागत तथा शुभकामना दिएका थिए। यस कार्यक्रममा एन. आर. एन. ए. स्कटलैण्डका संरक्षक भोला खनाल, भूतपूर्व अध्यक्ष राजेन्द्र बम, स्कटलैण्ड स्पोर्ट्स क्लबका अध्यक्ष धन केसी साथै स्कटलैण्डका अन्य संस्थाका पदाधिकारीहरु र स्कटलैण्डका विभिन्न ठाउँमा बस्ने नेपालीहरुको उपस्तिथी थियो ।

हरेक कार्यक्रम झैँ यस कार्यक्रमको सुरुवात, अतिथिहरुका स्वागत, आसन ग्रहण र क्रमश आ- आफ्नो २-४ शब्द राख्दै पुरानो समितिको प्रसंसा र नया चयन हुने पदाधिकारीहरुलाई शुभ कामना यापन गरेका थिए र पुराना समितिका पदाधिकारीहरू द्वारा बार्षिक कार्यक्रम तथा आर्थिक कारोबारको विवरण खुलस्त रुपमा जानकारी दिएका थिए र सर्वसम्मतले तालि द्वारा समर्थन गरेका थिए र पुर्व अध्यक्ष निशान रिजाल द्वारा नेपाल भुकम्प परियोजना को हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुको साथै सो परियोजना पुर्ण नहुन्जेल सम्म आफु लागिरहने बताए।

कार्यक्रममा जलपानको ब्यवस्था गरेका थिए।
दोस्रोचरनमा नया कार्यसमितिको चयन भएका प्रदाधिकारीहरुलाई ताली बजाई स्वागत तथा शुभकामना दिएका थिए ।
नया अधिबेसनका लागि ७ जना सदस्यहरु भएको एउटा समिति गठन गरिएको थियो र यस समितिले निष्पक्ष तरिकाले अधिवेशनलाइ सफल पारेका थिए । पूर्व एन. एस. ए. का महासचिव बिजय डंगोल यसपाली निर्बिरोध अध्यक्षको रुपमा चयन भएका छन् ।
अधिबेसनले ७ जना सदस्य र ८ जना सल्लाहकार नियुक्त गरेका छन् जसका नामावली यस प्रकार छ ।

अध्यक्ष – बिजय डंगोल
उपाध्यक्ष – गोविन्द कँडेल
सचिब – मनिष खत्री
कोषाध्यक्ष – सागर केसी
महिला सदस्य – कमला श्रेष्ठ
महिला सदस्य – अञ्जली चापागांई
सदस्य – यदुमणि सापकोटा
सल्लाहकार हरु
भोला खनाल
धन केसी
राजेन्द्र बम
निशान रिजाल
भास्कर अधिकारी
काशी राम अधिकारी
चरण प्रधान
टिका लिम्बु
धन्यवाद lll