रास्कोट सामुदायिक अस्पतालले आधारभुत सेवा सुरु गर्यो ! सलाम छ देशकै बरिष्ट पत्रकार रबिलामिछानेलाइ (भिडियो)

बिश्व कृतिमानी धारी रवि लामिछाने नेपालका एक होनाहार पत्रकार हुन।बिभिन्न उपमा दिए पनि उपमाको काफी नहुने ब्यक्ति रवि केहि बर्षको अमेरीका बसाई पश्चात अमेरीकाको सुख सयल परीत्याग गर्दै नेपाली माटोको धुलोसंगै रम्नका लागि र नेपाली जनताको न्यायको बत्ति बन्ने उदेश्य लिएर अमेरीकाको पासपोर्ट र ग्रिन कार्ड परी त्याग गरी नेपाल भित्रीएका हुन।नेपाल सरकारको आधिकारीक कार्यक्रम“सिधा कुरा प्रधानमन्त्रीसंग” चलाएर चर्चा परीचर्चा कमाएका रविलाई राजनैतिक खिचातानीका कारण त्यस कार्यक्रमबाट हटाएसंगै न्युज २४ बाट “सिधा कुरा जनतासंगको” कार्यक्रम संचालनमा ल्याए।

कर्मचारीहरूबाट ठगिएका, पुलिस सेनाबाट प्रताडित भएका साथै जनताबाट जनता नै ठगिएका वा थिचो मिचोमा परेका, दलालबाट बिदेशमा बेचिएर नारकीय जीवन बिताई रहेका र सरकारबाट कुनै पनि सुबिधा नपाई सुबिधाबाट बन्चित भएकाहरूको न्यायको प्रतिमुर्ति बनेको छ रवि लामिछाने र सिधा कुरा जनतासंग भन्ने कार्यक्रम। उक्त कार्यक्रमबाट नेपाली जनताले प्रष्ट रूपमा न्याय पाई रहेका छन्।

त्यति मात्र न भै उनि पछिल्लो समयमा एक उत्कृस्ट समाजसेवी लगायत अभियन्ताकारीको भूमिका निभाएका छन् जस्तै रास्कोट सामुदायिक अस्पताल को निर्माणमा उनी जुटी रहेको पनि जानकारी पनी हामी सबैलाई छ ।

आज रबि लामिछाने ज्युले आफ्नो फेसबुक वाल बाट सार्बजनिक गरेको म्यासेज जस्ता को तस्तै :

उनि लेख्छन : आजबाट रास्कोट सामुदायिक अस्पतालले आधारभुत सेवा शुरु गरेको छ। यो खुशी शब्दमा बर्णन हुनै सक्दैन। रास्कोटबासीमा देखिएको यो उत्साह बाड्न पाएकोमा ज्यादै खुशी छौ। एक्सरे,भिडियो एक्सरे, ECG लागायतका आधारभूत सेवा यो दुर्गममा उपलब्ध छ भन्दा गर्व लाग्छ।विशेषज्ञ सहिय १४ जना डाक्टरबाट आज निशुल्क स्वस्थ्य शिबिर चल्यो।अस्पताल निर्माणमा सहयत्रा गर्न मेरा मित्र हङ्कङका Action Star ज्याकी हङपनि कालीकोट आएका छन् ।मौका छोपेर मैलेपनि स्वस्थ जाँच गराए। ब्लड प्रेसर अलिकति बडेछ, मुटु चाहिँ निकै “दह्रो” छ रे डाक्टरले भन्नुभएको।