क अक्षरसमेत नपढेका कुमार फूल बेचेरै बने लाखपति (भिडियोसहित)

रामेछाम गुम्देलका कुमार कार्कीले काठमाडौँमा बिगत २८ बर्षदेखि निरन्तर फुल खेति गरिरहेका छन्। स्कुलसमेत नगएका उनले लाखौको ब्यबसाय सम्हाली रहेका छन्।

आर्थिक लेनदेनको हिसाब पनि उनलाई कर्मचारीहरुले सहयोग गर्ने गर्छन । उनि कहाँ ९ जना कर्मचारीहरुले काम गर्ने गर्छन। उनि कहाँ उनले ४ आना जग्गाबाट सुरु गरेको फुलखेति ब्यबसाय अहिले ३२ रोपनी जग्गासम्म फैलाउन सफल भएको छ। एक बर्षमा उनले २५ लाखसम्म कारोबार गर्ने गर्दछ। उनि कहाँ रु.१६० देखि २५ हजार जाने सम्मको फुल पाइन्छ।

अब उनले उपत्यका बाहिर पनि यस ब्यबसायलाई निरन्तरता दिने निर्णय गरेको छ। उनको फूलहरु बिशेष गरि काठमाडौँ लगायत पोखरा, भैरहवा र बुटवलसम्म निर्यात हुन्छ। उनले फुलमा रासायनिक मल र बिषादीहरु प्रयोग गर्दैनन्। उनले प्राङ्गरिक मल प्रयोग गर्ने गर्छन। धेरै बिषादीले फुल लगायत आफुलाई पनि असर पुर्याउने हुदा बिषादी र रासायनिक मल प्रयोग नगरिएको उनले बताए।

१३ बर्षको हुदा मिठो खाने, राम्रो लगाउने आसामा उनि काठमाडौँ छिरेका थिए। उनलाई यस पेशाबाट सफलता पाउन ३० बर्ष लागेको उनले बताए। कार्की भन्छन ‘ नेपाली युवाहरुमा धैर्यता छैन। दुख गर्न डराउछन्। चांडै सफलता पाउने आसामा विदेश पसेका नेपाली युवा खाडीमा दुख पाएपछि मात्र नेपाली भुमि बाँझो राखेकोमा पछुताउने गर्छन।’ मान्छेलाई सफलता पाउन समय लाग्छ। हार मान्नु हुन्न। धैर्यतापुर्वक काममा लागे परे सफलता अवश्य पाइने उनको भनाइ छ।

हेर्नुहोस भिडियो