माझी बस्ती निर्माण कार्य सम्पन्न, पूर्बाधार संरचना निर्माणमा हातेमालो गर्न नायिका स्वेताको आह्वान

चर्चित नायिका स्वेता खड्काले आफ्नो परिचयमा निर्मात्री, एक सफल व्यवसायी र समाजसेवी र केही हदसम्म साहित्यकार पनि थप्न सफल भएकी छिन् । बिवाह गरेको एक महिनामै श्रीमान गुमाएका कारण डिप्रेसनकै अवस्थामा पुगिसकेको र अधिकांश समय बेडमा नै बिताउनाले ब्याकपेनको समस्या समेत सामना गर्न पुगेकी उन्ले देशमा आएको बिनाशकारी भूकम्पका कारण आफूभन्दा पनि धेरै दु:खी त थुप्रै रहेछन भनेर आफूलाई संभाल्दै दु:खमा परेका धेरैलाई सक्दो सहयोग गर्दै महाप्रलयकारी भूकम्पपस्चात श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी समुदाय झन्डै दुई बर्षसम्म पनि बासबिहिन अवस्थामा रहन वाध्य हुन परेको देखेर सो समुदायमा ५३ परिवारका नीजि आवास र एउटा संस्थाको सम्पर्क कार्यालय सहित ५४ घरको एकीकृत बस्ती बनाउने कार्यमा सो समुदायकी एउटी बुहारीको रुपमा जुट्दै नेपाली समाजमा प्रेरणाको श्रोत नै बन्न पुगेकी छिन् ।

स्वेता खडका र श्रीकृष्ण श्रेष्ठको नाममा खोलिएको र अभिनेत्री स्वेता खड्काको अध्यक्षतामा सञ्चालन भएको “स्वेता-श्री फाउण्डेशन” ले भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्नुलाई पहिलो उदेश्य बनाएयो । सरकारी झन्झटिलो प्रकृया र निर्माणाधिन बस्तीका केही भाग बाढीका कारण भत्किनु जस्ता कारणले गर्दा बस्ती निर्माण कार्यमा ढिलाई भयो । सरकारी झञ्झटिलो प्रक्रियाले आवास अनुदान आउन ढिलाइ भएको र कानुनी जटिलताले बैंकबाट भूकम्पपीडितले पाउने सहज कर्जा प्रवाहमा समस्या उत्पन्न भएपछि निर्माणाधीन बस्ती विकासको काम नरोक्न नायिका स्वेता खड्काले आफ्नै घर सहकारीमा धितो राखेर २० लाख रुपैयाँ बस्ती विकासमा लगाएकी छिन् ।

स्वेताले आफनो फाउन्डेसनमाफर्त ५३ घर भएको चिटिक्क परेको माझी बस्ती निर्माण कार्य सम्पन्न सम्पन्न गरेकी छिन् तर कुनै हल्ला खल्ला नगरीकनै । ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग ७ लाख रुपियाँ पर्न आउँछ । फाउण्डेशनले स्थानीयसँग घर निर्माणमा लाग्ने ७ लाख आफैले व्यहोर्न पर्ने र अन्य भौतिक पूर्वाधारको काम मात्रै फाउण्डेशनले गर्ने सहमतिमा काम शुरु गरेको थियो । विभिन्न अगुवाईहरुको हातेमालो र सहयोगका कारण माझीबस्तीमा चिटिक्क परेका ५३ घर बनेका छन् ।

आबस्यक भवनहरुको निर्माण कार्य सम्पन्न भए तापनि बस्तीलाई सुबिधा सम्पन्न बनाउन आबस्यक पूर्बाधार संरचनाहरु सडक, बिजुली, खानेपानी, सेफ्टी ट्यांकी, पार्क आदि निर्माण कार्य सम्पन्न गर्ने कार्य बाँकी रहेको र यस्को लागि करीब दुई करोड आबस्यक पर्नेछ । बाँकी यो कार्यमा हातेमालो गर्न इच्छुक ब्यक्तिहरुलाई चर्चित नायिकाले आह्वान गरेकी छिन् ।

माझी बस्तीलाई होमस्टे गाउँ बनाउने र गाउँका युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष पनि छ परियोजनाको ।

स्वेता खड्काको आह्वान: