नेपाली सांगीतिक जगतमै भाइरल भएका प्रकाश सपुतले फेसबुकमा पोखे यस्तो गुनासो ।

नेपाली सांगीतिक बजारमा यतिबेला प्रकाश सपुतको नाम सर्वाधिक चर्चामा छ। लोक गीत बोल माया म्युजिक भिडियोबाट उनले लोक गीत नसुन्ने दर्शक स्रोताको समेत माया पाइरहेका छन्।
बोल माया गित लाई दर्शकहरुले यति धेरै माया गरि दिनु भयो कि नेपाली सांगीतिक जगतमै भाइरल भयो।

आज तिनै प्रकाश सपुतले आफ्नो फेसबुक वालमा गुनासो पोखेका छन् । बेलायतको बर्मिन्ग्हममा स्थित शान्ति नेपाली समाज बेलायत संस्थाको आयोजनामा नया बर्ष आदान प्रदान कार्यकर्ममा सहभागी न हुन् सक्दा उनले आफ्नो फेसबुक वालमा दुख: पोखेका छन् । आखीर कारण के थियो त ? उनको स्टाटस जस्ताको तस्तै :

”सन 2013 मा मेरो युके भिसा रिफ्युज हुदा नै १० वर्ष सम्म भिसा एप्लाई गरे पनि रिफ्युज हुन सक्ने भनेर लेखिएको रैछ । तर एक पटक रिफ्युज हुदैमा केहि हुदैन राम्रो पेपर भयो भने लाग्छ भन्ने हिसाबले नेपाली नया वर्षका लागि भिसा एप्लाई गरिएको थियो । तर भिसा पुन: लागेन । शान्ती नेपाली समाज युके जस्तो गरिमामय संस्थाको अति नै बलियों र बिश्वासिलो पेपरहरु थियो । म विश्वस्त थिए । म सबैलाई जानकारी गराउन चाहन्छु अहिले सम्म उक्त समाजको निम्तो मा जाने कुनै पनि कलाकारको भिसा रिजेक्ट भएको छैन । म पहिलो हो । त्यो पनि मेरै कारणले । म मनै देखि माफि चाहन्छु र धन्यबाद दिन चाहन्छु शान्ती नेपाली समाज युकेका अध्यक्ष लिला थापा दाई र सम्पुर्ण कार्यसमिति लाई । जस्ले विश्वास गरेर राम्रो अफर र स्पोन्सर गर्नु भयो । कृष्ण ढकाल सर, प्रकाश कड़ेल दाई, शंकर भण्डारी सर लगायत म आउने थाहा पाएर मलाई म्यासेन्जर र फ़ोनमा खुसी व्यक्त गर्दै शुभेच्छा प्रकट गर्ने सम्पुर्ण युके बासी शुभचिन्तकहरुमा आभार व्यक्त गर्न चाहन्छु । यसरी नै माया र सपोर्ट गर्नु होला । यदि संगित कर्म मै भईराखे भने २०२३ अर्थात अब ४ वर्ष पछाड़ि युकेको पहिलो कार्यक्रम शान्ती नेपाली समाजकै गर्ने कामना पनि गर्छु । April 15 मा हुने नेपाली नया वर्ष विशेष कार्यक्रम मा कलाकार जो भए पनि युके बासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सहभागी भएर सफल बनाई दिनु हुन अनुरोध गर्दछु । पुन एक पटक लिला थापा दाई र समाज प्रति माफि चाहदै, धन्यबाद व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना दिन चाहन्छु ।
प्रकाश सपुत”
कलाकार