रेकर्डब्रेक भन्दै मिडियामा आए सुशिल नेपाल, खोले Voice Of Nepal का भित्री रहस्य (भिडियो)

यतिबेला नेपालमा दुई रियालिटी शो को चर्चा छ । अन्तर्राष्ट्रिय फ्रेञ्चाइज भएकै कारण दुई राष्ट्रिय टेलिभिजनमा प्रशारण भइरहेका रियालिटी शो ‘नेपाल आइडल’ र ‘दि भ्वाइस अफ नेपाल’लाई कतिपत दर्शक तथा शुभचिन्तकले प्रतिस्पर्धाको रुपमा हेरिरहेका छन् ।

फर्म्याट फरक भएपनि दुबैले अङ्गालेको गायन विधाको कारण कुन शो मा कस्ता प्रतिभा भन्नेसम्म मुल्याङ्कन सामाजिक सञ्जालमा हुँदै आएको छ । कतिपय फ्यान विभाजित पनि छन् । यो बीचमा ‘दि भ्वाइस अफ नेपाल’मा कार्यकारी निर्माता तथा प्रस्तोता सुशिल नेपालले हालै एक अन्तर्वार्तामा आफ्नो ‘शो’ का केहि भित्री कुराहरु खोलेका छन् ।

तुलनात्मक रुपमा सिधा सिधा आइडलसँग प्रतिस्पर्धा नभएको बताउने सुशिलले आफुहरुले पहिलो संस्करणबाटै दर्शकको मन जितिसकेको दाबी गरे । ‘ब्लाइण्ड अडिसन’ले नै शो को अब्बलता प्रमाणित भइसकेको उनको भनाइ छ ।

यिनी र यस्तै विषयमा अनि उनको जीवनशैलीको सेरोफेरोमा रहेर गरिएको रमाइलो कुराकानी यहाँ हेर्नुहोस