एउटी नारीले चाहयो भनी यस्तो सम्म हुन् सक्दो रहेछ, जापानबाट सानो अभियानमा २० लाख भन्दै बढी रकम ! भिडियो सहित

देश तथा बिदेशमा बसेर आफ्नो जन्मभूमिको लागि केहि गरौँ भन्ने अभिप्रायले आफ्नो आफ्नो ठाउँबाट ज़िम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुने सम्पुर्ण रास्ट्रप्रेमी साथीहरुलाई नमस्कार । देशकै बिकट तथा दुर्गम जिल्ला कालिकोट स्थित रास्कोट सामुदायिक अस्पतालको निर्माणको लागि बरिष्ठ पत्रकार आदरणीय दाई रबि लामिछानेको आर्थिक संकलन अभियानलाई साथ दिन हामीले पनि जापानबाट सानो अभियान चलाएका छौं र आजसम्ममा रु २० लाख जति सहयोग रकम प्राप्त भएको छ। हजुरहरुलाई धेरै धेरै धन्यबाद जस्ले यो अभियानलाई आफ्नै अभियान सम्झेर सहयोग गरिदिनु भयो। यो रकम संकलन अभियान सुरु गरिरहँदा हाम्रो अभियानलाई बाधा पुर्याउने केहि तस्करहरुको जमात पनि हाम्रो पछि लाग्यो ।

पैसा उठाएर समाजसेवी बन्न खोजेको आरोप आयो, पैसा उठाएर कति खाईस्, कहाँ लगिस्, भन्ने जस्ता अनावाश्क प्रस्न गर्ने मात्र होइन , ब्यक्तिगत जीबनलाई पनि धराशायी बनाइदिन बिभिन्न गिरोहहरु मिलेर फेक आईडी बनाए, फोटो इडिट गरेर फेशबुकमा हाले, खेद्न सम्म खेदे तर हामी सत्यको बाटोमा हिड्ने मान्छेलाई यस्ता नेगेटिभ भाईरसले लखेटेर केहि हुनेवाला छैन। हामी निरन्तर आफ्नो काम गर्दै जाने छौं। हामी भत्काउने, फुटाउने , लुट्ने र धुत्ने बाटोमा छैनौ। बनाउने र जुटाउने बाटोमा छौं र हामी लुटेरा र धुतेराको बिरुदमा छौं।

बाकी भिडियोमा हेर्नुहोला :