घर भत्काउन लाग्दा पोखरामा तनाव, स्थानीय, प्रहरी र जनप्रतिनिधबीच भिडन्त (भिडियो)

पोखरा महानगरपालिका वडानं. ५ अन्र्तरगत धारापानी मार्गमा रहको युवा व्यवसायी युवराज खतिवडाको घर मापदण्ड बिपरित र सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा नं. ५ को कार्यालयको सिफारिसमा भत्काईएको छ । पोखरा महानगरकै प्रबक्ता समेत रहको धनबहादुर नेपालीले आफूले चुनावकै बेला मिचेर बनाइएका संरचनाहरु भत्काउने बाचा अनुरुप काम थालनी गरेको बताए ।
महानगरको डोजर साथै महानगर प्रहरी घर भत्काउन जाँदा स्थानीयहरुको चर्को अबरोध भएपछि वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय कास्कीबाट उल्लेखनीय संख्यामा प्रहरी परिचान गरिएको थियो । वडा सदस्य अन्जु केसीसंगको व्यक्तिगत झगडाका कारण युवराज खतिवडाको घर भत्काईएको स्थानीयहरुको आरोप थियो । यद्यपी वडाध्यक्ष धनबहादुर नेपालीका अनुसार यो कानुनी प्रकृया अनुसार नै भत्काईएको र बाँकी संरचनाहरु पनि यसैगरी भत्काईने स्पष्ट पारे । स्थानीय, प्रहरी र जनप्रतिनीहरुबीच भनाभन तथा हात हालाहालको अवस्था समेत सृजना भएको थियो ।