जिवनको अन्तिम अवस्था सम्म पनि रंगकर्म मै रहन्र्छु – शंकर अधिकारी घायल

नेपाली चलचित्र लेखन तथा निर्देशन एवम संगीत क्षेत्रमा सिम्पल सिम्पल कान्छिको ,मेरि बास्सै जस्ता हजारौ लोकप्रिय गीतका सर्जक तथा दजनौ चलचित्रका गीतहरुमा आफना शब्द दिइसकेका सफल रंगं कर्मी हुन । शंकर अधिकारी घायल बिगत २ दशक देखी नेपाली कलाकारिता क्षेत्रमा नयाँ जोस र जागँरका साथ आएका उनि मनमा आटँ र काममा लगनशिलता भएको खण्डमा सवैले जुनसुकै क्षेत्रमा अब्बल स्थानमा पुग्न सकिने बताउँछन ।

समाजको परिवर्तन गर्न मुख्य भुमिका र समाजको ऐना बन्ने माध्यम चलचित्र भएकाले पनि आफुले यस क्षेत्रमा निरन्तर रुपमा लागेको उनले बताए । गीत लेख्दा लेख्दै उनमा चलचित्र लेखनमा पाइला सारेका घायल ले पहिलो चलचित्र “ लभ इज लाइफ”चलचित्रबाट आफनो रंगमञ्चको यात्रा तय गरे । तामाङ भाषा को जाथेवा,भोजपुरी मा इ कैसन बौछार लेखे गोरे मुभी लेखे सगैँ उनमालाई चलचित्रको निर्देशनको मोहले तान्यो र त्यसमा पाइला अगाडि बढाए, कस्मिक लभ मुभी मा सयुक्क्त रुपमा निर्देशन गरे पछि एकल निर्देशनमा मदहोश चलचित्रको निर्देशन गरे । उनै सफल गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारी घायल सगँ सहकर्मी साथी रोशन पोखरेल ले गर्नुभएको अन्तरङ्ग कुराकानी प्रकासन गरेका छौं ।

आजकाल के गदै हुनुहुन्छ ?
म आज भोली मेरो नयाँ चलचित्र ” मदहोश“ को पोष्ट प्रोडक्सनको काममा नै लागी रहेको । जुन चलचित्र लार्ई सर्वोकृष्ट बनाउनको लागी निरन्तर लागी परेको छु । साथमा विभिन्न म्युजिक भिडियोको डाइरेक्सनको काममा पनि ब्यस्त रहेको छु ।

कलाकारितामा धेरै क्षेत्रहरु छन तरपनि तपाई निर्देशनमा नै चै कसरी प्रवेश गनुभयो नी ?
म सानै उमेरदेखी अलिक भिन्न काम गर्न मन पराउने मान्छे , समाजका विभिन्न घटनाक्रमलाई समेटेर कथा लेख्ने र त्यसलाई कसरी अन्य मानिस समक्ष पुयाएर आफनो कला देखाउन सकिन्छ भन्ने मनो भावना बाल्यकल देखी रहेको थियो । त्यसपछि मैले पहिलो पटक पहिलो चलचित्र “ लभ इज लाइफ”चलचित्रबाट आफनो रंगमञ्चको यात्रा शुरु गरे जुन चलचित्रको कारणबाट आज सम्म पनि यो क्षेत्रमा स्थापित भएको छु ।

खासमा चलचित्र क्षेत्रमा अनुभवी र दक्ष निर्देशक कम भै रहेको अवस्थामा यस कर्म प्रति तपाईको निर्देशन यात्रा कसरी सुरु भयो ?
अनुभवी चलचित्र निर्देशक तथा गीतकारको अभाव पक्कै पनि रहेको छ । मैले जुन समयमा यस क्षेत्रमा आफनो पाइला अगाडि बडाए पक्कै पनि त्यो समयमा निकै ग्राहो रहेको थियो । विश्वासको बातावरण बनाउन सहज थिएन । तर निरन्तरको प्रयास , सहकर्मी साथीहरुको भुमिका आम दर्शक तथा स्रोताको माया र स्नेहको कारणबाट नै मलाई यसमा स्थापित बनायो ।

आफुले गरेको काम बाट कतिको सन्तुष्ट रहनुभएको छ ?
म पुर्ण रुपमा सन्तुष्ट रहेको छु । जुन कामबाट आज मैले एउटा सफल काम गर्ने बातावरण सिर्जना पाएको छु , अग्रज निर्देशक , रंगकर्मी कलाकार गायक गायिका , सहकर्मि साथीहरुको प्रेरणा होैसला र मार्ग्निर्देशन पाएको छु , जुन कुरामा मेरो परिवारको सदस्यको पुर्ण साथ र सहयोग रहेको छ ।

समाजले तपाईलाई हेर्ने दृष्टिकोणमा के फरक पाउनुभएको छ ?
यसरी निर्देशन क्षेत्रमा अगाडि बढिरहेको अवस्थामा समाजले आफुप्रति हेर्ने दुष्टिकोणमा फरक पाएको छु , आफनो रचनालाई मन पराएर आफनो बारेमा बनेको सकारात्मक दृष्टिकोण बाट र आफुले गरेको कामबाट समाजका गतिविधीमा परेको छाप र गीत संगीतको क्षेत्रमा रहनुभएका अग्रज सष्टा तथा सहकर्मी सवैले प्रसंसा गर्दा खुशी लाग्छ ।

चलचित्र क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नु पर्छ ?
हेर्नुस सर्बप्रथम त हामी आफुमा सक्षम हुन पर्छ , आफुमा एक जुट हुन पर्छ ,। कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाइ सेन्सर लगाएर पास गराउन पर्छ , बिकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन । गलत कुरालाई गलत भनेर सरकारले उचित कानुनी निर्णय गर्नुपर्छ ।

मिडियाको भुमिका हरु कस्तो हुनु पर्दछ ?
मिडिया भनेको राज्यको चौथो अङ्ग हो , मिडियालाई लाखौ दर्शक श्रोताले बिस्वास गर्छन , तसर्थ हाम्रालाइ होइन राम्रालाइ मात्र स्थान दिने गर्नु पर्छ , अनि नराम्रा पक्षहरु आफै बिलिन हुनेछन । त्यस कारण तपाईहरुलाई जस्तो कला र मनोरञ्जनमा क्रियाशिल भएका सेलिब्रेटिका सकारात्मक गतिविधिलाई स्रोता माझँमा पुयाएर अगाडि बढनको लागी प्रेरणा दिनुभएको छ र्हासला दिनुभएको छ जुन कार्य प्रंसनिय रहेको छ ।

भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?
म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ । भन्ने विचार म मा रहेको छ ।
अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ रु
तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु , मलाई सम्पुर्ण मेरा पाठक , श्रोता , सहकर्मि साथी साथै तपाईहरुको यो मिडियाको अझ प्रगती को लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगित र चलचित्र लाई माया गर्नुहोला र कला क्षेत्रमा प्रवेश गरेर पनि सक्रिय रहनुभएका सवै कलाकारलाई सम्मान गर्नुहोला भन्न चाहन्छु ।

धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।
रोशन जी तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउने मौका दिनु भएकोमा , यो अवसरको लागी र मलाई आफना मनभित्र गुम्सिएर रहेका तितामिठा कुराहरुलाई तपाईको लोकप्रिय अनलाईन मार्फत व्यक्त गर्नुभएकोमा आभारी छु ।

अधिकारी घायल द्धारा निर्दे्शित एक म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।