दुबईको युएइको लाखौको जागिर छोडेर अर्गानिक कृषीमा रमाउदै यी युवा [भिडियोसहित]

भक्तपुर। सृजनानगर, भक्तपुर निवासी सुरेन्द्र कुमार दाहाल हाल कृषि पेसामा आवद्द छन्। उनलाई वैदेशिक रोजगारीले चुम्बक झैँ नतानेको पनि होइन र उनि फलाम झैँ टासिन नगएका पनि होइनन्। यद्दपि उनलाई देशको मोहले छोडेन। उनी दुबईको लाखौको जागिर छोडेर हाल नेपालको माटोमा रमाइरहेका छन्।
पेसाले उनी शिक्षक पनि हुन्। उनले विद्यालय स्थापना गरेका छन्। सिर्जनशील स्वभावका उनी विद्यालयमा रहेर काम गर्न उनको मनले मानेन। त्यसै शिलशिलामा उनी दुबई गएका थिए। विदेशी भूमिमा उनलाई मन खल्लो भयो। आखिर के को कमि थियो र विदेशी भुमिमा पारिवारिक खुसि त्यागेर बस्नु पर्यो भनेर उनलाई बारबार पश्चाताप हुन थाल्यो। त्यसैले नेपालमा नै केहि गर्ने सोचले उनी आफ्नो मातृभुमि फर्केर आए।

नेपालमा फर्किए पछि उनले खेती गर्ने सोचे। अहिले नेपालमा पनि अर्गानिक खेती सम्भव छ भनेर उनले जैविक प्रविधि अपनाएर अर्गानिक खेती गरिरहेका छन्। जग्गा भाडामा लिएर उनले अर्गानिक रुपमा मेवा र कागती रोपेका छन्। कागतीको एक बोटमा दुई हजार भन्दा बढी कागती र मेवाको एक बोटमा दश दाना भन्दा बढी मेवा फल्ने उनले बताए। यसैबाट मनग्य आम्दानी हुने उनको भनाई छ।

उनी भन्छन् ,’पुर्खाले गर्दै आएको पेसा गर्न हामि लजाउछौ तर पनि मैले लजाइन। यस विषयमा मैले अध्ययन गरे। अर्गानिक खेतीको विषयमा बुझे र अहिले यसैमा दृढताको साथ लागिपरेको छु। ‘ नेपालमा सरकारको पक्षबाट कृषि कै लागि भनेर कृषि कर्जा उपलब्ध गराइए पनि लागु भने नभएको उनकै अनुभवले बताउछ। कृषिको लागि आएको अनुदान आफ्नाले मात्र पाउनेमा उनी गुनासो गर्छन्।

जो असली किसान हो उनीहरुले अनुदानको ‘अ’ पनि पाउदैनन्। कृषि क्षेत्रमा यस्ता राम्रा भन्दा हाम्रालाई कृषि अनुदान दिन नहुने उनको भनाई छ।

बाँकी हेर्नुहोस् भिडियोमा :