बरीष्ठ समाजसेवी हेम र माया थापाले गरे रास्कोट हस्पिटललाई २ लाख सहयोग।

कर्ण बहादुर अधिकारी मकाउ। पत्रकार रवि लामिछानेको माहान अभियानमा निर्माण हुन लागेको कालीकाेटको रास्कोट स्थित सामुदायिक अस्पताललाई तेह्रथुम माेराहाङ्ग जन्म हाल अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएका बरीष्ठ समाज सेवी हेम थापा र माया थापाले रू दुई लाख सहयोग गरेका छन्। बिगत ३०/३५ बर्ष देखि सामाजिक सेवामा लीन भएर लागेका थापा दम्पतिले आफुले यसरी समाजमा सहयोग गर्न पाउँदा आफैले आफुलाई नै गौरबबान्बित ठान्नु हुन्छ। सपरीवार न्युयोर्कमा बस्दै आएका बरीष्ठ समाज सेवी थापाले आफैले मजदुरी गरेर भए पनि अहिले सम्म २ करोड भन्दा बढी सहयोग गरी सकेका छन्। दुख पीडामा परेका नेपाली होस वा कुनै सामुदायिक काममा नै किन नहोस सदा सर्बदा सहयोग गर्न हतारीन्छन्।

सामाजिक संजालमा देखि रहनु हुने थापालाई केहि हप्ता पहिले कुनै ब्यक्तिले उधारो रकम बोल्यो थापाले भन्ने हरुलाई पनि यसै प्रमाण लगतै जानकारी गराएका छन । रास्कोट सामुदायिक अस्पताल निर्माणाधीन अबस्थामा रहेको र निर्माणका लागि रकम संकलन भई रहेको छ। ३ देखि ५ करोड सम्मको लागतमा निर्माण हुन लागेको भवनमा थापा एक्लैले २ लाख सहयोग गरेका हुन्। उक्त रकम मिति २०१९/३/२० तारीख बुधबारका दिन सिधा कुरा जनतासंगका प्रस्तोता रवि लामिछानेकै कार्यालयमा थापाका परीवारका सदस्यहरू जमुना राई, तारा राई र इशारा लामाले हस्तान्तरण गरेका हुन्।

त्यसै गरी थापा दम्पतीले केहि समय पहिला कालिकोटको फलाठेमा भिषण आगलागि भएर १०० घरको क्षति भए पश्चात निर्माण हुन लागेको बस्तिका लागि रु. १ लाख रूपैया कृष्ण कडेलद्वारा संचालित कार्यक्रम इन्द्रेणीमा पुगेरै थापाको परीवारका सदस्य इशारा लामा, जमुना राई र उमेश राई उर्फ फुलनदेकी आमाले मिति २०१९/३/१९ तारीख मंगलबारका दिन हस्तान्तरण गरेका छन्। केहि समय पहिला बागलुङको पुजा खत्री बहिनी उहाँको भाई बहिनी र हजुर बुबाको समेत पालन पोषण गर्ने जिम्मा समेत लिनु भएको छ।

त्यसै गरी थापाले मृगौला पीडित, ब्लड क्यान्सर पीडितहरूलाई पनि सहयोग गर्दै आएका छन्। थापाले केहि दिन अगाडी मुसहर बस्तिमा ने रू ५० हजार सहयोग गरेका छन्। रवि लामिछानेको हरेक काम कार्बाहीमा साथ दिदै आएका थापालाई एक आपसमा छुटाउनका लागि समाजका केहि भाईरसहरू लागि परे पनि त्यो सम्भब नभएको भन्नु हुन्छ समाजसेवी हेम थापा।

को हुन् हेम थापा यो भिडियो पनि हेर्नुहोस :