प्रमोद खरेलको गल्तीमा केकी अधिकारीको अभिनय (भिडियो)

चर्चित गायक प्रमोद खरेलको गीत ‘गल्ती भो’ मा केकी अधिकारीले अभिनय गरेकी छन् । पछिल्लो समय निकै चर्चामा रहेका युवा गायक खरेलेको गीत गल्ती भो लाई देबेन्द्र क्षेत्रीले लेखेका हुन् भने अर्जुन पोखरेलले संगीत भरेका हुन् ।
सुन्दर नगरी पोखरामा छायंकन गरिएको उक्त गीतको म्यूजिक भिडियो फलानो क्रियशनले बनाएको हो । भिडियोमा केकी अधिकारीलाई देबेन्द्र क्षेत्रीले साथ दिएका छन् । सरोज अधिकारीको छायंकन, सुबास अम्गाईको सम्पादनमा रहेको गीतलाई अपिल त्रिपाठीले निर्देशन गरेका हुन् ।