क्रेगिबर्न नेपाली समाजद्धारा एक्कै दिन होली र बिबिध कार्यक्रम

क्रेगिबर्न नेपाली समाजद्धारा समाजका सदस्यहरुको कार्य ब्यस्ततालाई ध्यानमा राखी एउटै दिन पारेर होली र बिभिन्न कार्यक्रमहरु हिजो बुधवार बेलुकी ५ बजेदेखि ९ बजेसम्ममा सम्पन्न गरेको छ । कार्यक्रममा २५० जना जतिको सहभागिता रहेको थियो ।

क्रेगिबर्न नेपाली समाजको नयाँँ कार्य समिति गठनपस्चात सरस्वती पूजा, केटाकेटीहरुको आर्ट वर्कशप र शिवरात्री जस्ता कार्यक्रम सम्पन्न गरी प्रेम र सद्भावको उत्सवको रुपमा मानिने होली (फागु पुर्णिमा) मनाइएको हो ।

कार्यक्रममा क्रेगिबर्न नेपाली स्पोर्टस क्लबले सहभागिताको प्रमाणपत्र क्रेगिबर्न नेपाली समाजका अध्यक्ष माधव पौडेललाई हस्तान्तरण गर्यो जुन कंडेल कन्सल्टेन्सी कप र भुटानिज मल्टिकल्चरल स्पोर्टस टुर्नमेण्टबाट प्राप्त भएका थिए ।

कार्यक्रममा नाच गान, केटाकेटीहरुको लागि खेल, बार्बिक्यु र होली शुभ-कामना जस्ता कार्यक्रमहरु समाबेश गरिएका थिए । कार्यक्रममा समाजका दुबै पूर्व अध्यक्षहरुको समेत सहभागिता थियो ।