साउदी अरबमा पसिनाको कमाइ आफु र आफ्नु छोरीको जन्म दिन मनाउन जम्मा गरेको पैसा KP Khanal लाइ किन हस्तान्तरण गरियो

देशको विकट जिल्ला बाजुरामा बन्दै गरेको अनाथ आश्रमाका लागि सहयोगहरु जुट्ने काम तिब्रताका रुपमा बढिरहेको छ । “म बदलिन्छु अनि मेरो देश बद्लिन्छ” भन्ने भाव सहित सानो उमेरमै सरसफाइ अभियान गरेर चर्चामा रहेका कान्छा सामाजिक अभियन्ता केपि खनालको नेतृत्वमा करिव पचास लाख बराबरको लागतमा बन्ने अनाथ आश्रममा आज एक कार्यक्रमका बिच अर्घाखाँची घर हुनुभएका साउदी अरबमा कार्यरत समाजसेवी पारिवारिक समाज नेपाल साउदी अरबका महासचिव श्री अरुण बेल्बासे ले आफ्नो र आफ्नो छोरिको जन्मदिनमा लाग्ने खर्चलाइ आनाथ आश्रममा दिने अभियान सुरु गरेर रु.५०,०००/- कान्छा अभियान्ता केपि खनाल र सचिन पाण्डेको हातमा हस्तान्तरण गरेका छन् ।

त्यस्तै आजै अर्घाखाँची घरहुनुभएका जर्मनी बस्नुहुने शंकर शर्माबाट रु.३०,०००/- रकम हस्तान्तरण गर्नुभएको छ भने चितवन भरतपुरमा घरभइ युएई राम प्रसाद पौडेल बाट रु.४,५००/- रकम हस्तान्तरण भएको छ। सहयोगहरु आइरहेको र अझै थप सहयोग आएको खण्डमा चाडै बालगृह हस्तान्तरण गर्ने कान्छा अभियान्ताको भानाइ छ ।

उहाको अभियानलाइ सहयोगको लागि :-
सहयोगका लागि :- 9848452031
Bank :- NIC ASIA
Name :- K.P. Khanal
A/c no:- 4987771410524001