नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ सम्पन्न ।

कर्ण बहादुर अधिकारी,

मकाउ,चीन।राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै २०१९/२/१९ तारीक मंगलबारको दिन मकाउ स्थित मेट्रोपोल होटलमा भएको छैठौं बार्षिक उत्सब र ६९ औं प्रजातन्त्र दिवश भब्यताको साथ सम्पन्न भएको थियो।नेपाली काँग्रेसका प्रमुख सचेतक माननीय सांसद एवं पूर्व रक्षा मन्त्री बाल कृष्ण खाँडको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रममा बिशेष अतिथि नेपाली काँग्रेसका माननीय सांसद एवं पूर्ब सिंचाई मन्त्री संजय गौतम अतिथिहरू नेपाल तरूण दलका केन्द्रिय कोषाध्यक्ष बिद्धान गुरूङ्,तरूण दल पर्बतका अध्यक्ष तोरण मल्ल ठकुरी,नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्व सभापति जगत शाह, नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्व सभापति कुल प्रसाद गुरूङ,नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,पूर्व सभापति शुदर्शन थापा,नेपाली जनसम्पर्क समिति हंगकंगका उप सभापति बिष्णु श्रेष्ठ,नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्व उपसभापति काजी गुरूङ,पूर्व जन प्रगतिशील मञ्चका उपाध्यक्ष पदम सिंह पन्त साथै मकाउमा कार्यरत रहनु भएका काँग्रेसी दाजु भाई तथा दिदी बहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

राष्ट्रिय गान बजाउदै सुचारू भएको कार्यक्रममा जन नायक बिपी कोईरालाको तस्बिरमा फुल चढाउदै प्रमुख अतिथी र बिषेश अतिथिले पानसमा बत्ति बाल्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।कार्यक्रममा प्रमुख अतिथि,बिशेष अतिथि र अतिथीहरूले देशको समसामयिक बिषयमा चर्चा परीचर्चा गर्नुका साथै नेपाली काँग्रेसको बर्तमान अबस्था र भाबी रणनितिका बारेमा पनि चर्चा परीचर्चा गरीएको थियो।कार्यक्रममा नेपाल एअरपोर्टमा बिदेशीएका श्रमिकहरूले ल्याएका सामानहरूमा भन्सारका कर्मचारीले खेलेका रणनितिका बारेमा पनि खुलेरै बिरोध गरीएको थियो।नेपाली जनसम्पर्क समिति मकाउको तर्फबाट हंगकंग ट्रान्जिट भिषाको बारेमा पत्र लेखि माननीय सांसद बालकृष्ण खाँडलाई सभापति लेख बहादुर गुरूङले ज्ञापन पत्र हस्तान्तरण गर्नु थियो।कार्यक्रममा महासमिति सदस्यहरू लेख बहादुर गुरूङ,चण्डी प्रसाद योङ्या र शुदर्शन थापा मगरलाई खादा लगाएर सम्मान गरीएको थियो भने किक बक्सिङ खेलाडी शंकर धमलाले हंगकंगमा भएको थाईमुई खेलमा स्वर्ण पदक बिजयी भई नेपाल र नेपालीको गौरव राखेका कारण खाँदा लगाई सम्मान गरीएको थियो।कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका कार्य समितिका पदाधिकारीहरूलाई प्रमुख अतिथि बालकृष्ण खाँड र बिशेष अतिथि संजय गौतमले खाँदा लगाई प्रमाण पत्र बितरण गर्नु भएको थियो।

नेपाली जनसम्पर्क समिति मकाउ सन २०१३ को जुन १४ का दिन नेपाली काँग्रेसका सांसद एवं निवर्तमान महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा अम्बिर जोशीको नेतृत्वमा २७ सदसीय कार्य समिति गठन गरीएको थियो त्यस पछि सन २०१५ देखि सन २०१८ सम्म शुदर्शन थापा मगरको नेतृत्वमा नेपाली जनसम्पर्क समिति मकाउको नयाँ कार्य समिति गठन गरीएको थियो भने सन २०१८ देखि सन २०२० सम्मका लागि लेख बहादुर गुरूङको नेतृत्वमा २५ सदसीय कार्य समिति गठन गरीएको छ।यसै कार्य समितिले नै नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ मनाएको छ।बार्षिक उत्सव कार्यक्रमको सभापतित्व सभापति लेख बहादुर गुरूङले गर्नु भएको थियो।स्वागत मन्तब्य समितिका सह महामन्त्री शेखर बुढाथोकीले गर्नु भएको थियो भने कार्यक्रम संचालन महामन्त्री कर्ण बहादुर अधिकारीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.