१३ बर्षको उमेरमा आमा बने लगतै घर छोड्नुको पिडा, समाजले बेश्या सम्मको दर्जा दियो (मार्मिक भिडियो)

स्कटनेपाल युके,

भनिन्छ स्वर्गको द्वार गुल्मी, तेही गुल्मीकै सुन्दर एउटा गाउमा बुवा पदम पाण्डे र आमा सावित्री पाण्डेको सन्तानका रुपमा जन्मिएकी सुन्दर गायिका पार्वती स्त्री नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयमा निकैनै एउटा लोकप्रिय नाम हो। ‘दुरबिन लाई लाई हेर मायाले,’ ‘जुर्या छ लगन’, ‘कहाँ हरायौ’, ‘भन्देउन आमा’ लगायतका दर्जन बढि सफल गीतहरु बजारमा ल्याएकी पार्वती स्त्री भर्खरै सम्पन्न सौन्दर्य प्रतियोगीता ब्यूटी क्वीन नेपालकी थर्ड रनरअप बिजेता हुन् भने उनले यसै प्रतियोगीतामा मष्ट ट्यालेण्टको उपाधी समेत प्राप्त गरेकी छन् ।

उनि भन्छिन नारी आफैंमा अस्तित्व बोकेको शक्ती भएकाले कसैको पहिचान संग जोडीन आवश्यक नहुने सोचले उनले आफ्नो थर हटाएर स्त्रि शब्दलाई नामसंग जोडेर परिचय बनाएकी छन् । हँसिलो स्वभाव, आत्मिय ब्यवहार र मृदुभाषि गायिका पार्वती स्त्रीसंग स्कटनेपालले गरेको लाइव बिशेष कुराकानी हेर्दा खेरी पक्कै पनि एकछिन भाबुक बनाउने छ ।

१३ बर्षको उमेरमा उनको संघर्ष यात्रा गुल्मी देखी काठमान्डौ सम्म अनि त्यो बिचमा उनले भोगेका पिडा हरु समेत जोडिएको मर्मस्पर्शी भिडियो पुरा हेरीदिनु हुन् आग्रह गर्दछौ ।

भिडियोमा हेर्नुहोला यस्तो खास के कुरा कानी होला पार्वती स्त्री संगको :