गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको नेगेटीव टिका टिप्पणी गर्नेहरु यो हेर्नुहोस

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको सहयोगार्थ जुन उदेश्य लिएर धुर्मुस सुन्तली मलेशिया जानु भएको थियो भने भन्दा राम्रो सहयोग उहा हरुलाइ मिलेको सामाजिक संजाल फेसबुक स्टाटस मार्फत सिताराम कट्टेलले जानकारी गराउनु भएको छ । यस अभियानमा खट्नु भएका धुर्मुस सुन्तली फाउन्डेसनका प्रमुख सिता राम कट्टेलको यो म्यासेजले नराम्रो टिका टिप्पणी गर्ने हरुलाई दरो झापड सम्म पनि हानेको छ । आउनुहोस हामी सबै यस अभियानमा हातेमालो गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको लागी अगाडी बढौ ।

सिता राम कट्टेल को फेसबुक स्टाटस जस्ताको तस्तै :

”गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको सहयोगार्थ जुन उदेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामा रहनु भएका नेपाली दिदिबहिनी दाजुभाइ हरु बाट हामीले सोँचे भन्दा पनि राम्रो साथ सहयोग र सदभाव पाएका छौं। यहि अभियान लाई लिएर फेरि केहि समय पछि मलेसिया आउने निम्तो पनि पाएका छौं यसले हामिलाइ थप हौसला मिलेको छ । यस पटकको यात्रामा प्राप्त सहयोग हामी नेपाल पुगे पश्चात् जानकारी गराउने छौं। केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहान्छु।”