धुर्मुस सुन्तलीले बिरोध र गालि पाउनु पर्ने गरि कुनै पाप गरेका छैनन्।

डा. निरन्जन अर्याल,

धुर्मुस सुन्तलीले बिरोध र गालि पाउनु पर्ने गरि कुनै पाप गरेका छैनन्। उनीहरुले जे गर्न खोजिरहेका छन त्यो देशकै हितमा छ र पुण्य काम पनि हो कालान्तरको रास्ट्र बिकासको लागि। तर उनीहरुले केहि प्रक्रियामा ठुलै गल्ति गरेका छन जसको परिणाम मलेसिया बाट सुरु भयो ।

१. उनीहरुले कुनै पार्टीका नेताहरुलाई भगवान मानेर मंचमा राखेर जय जय कार गराउनु गलत थियो।

२. उनीहरुलाई एमाले प्रति त्यति नै लागाब भए ठिकै छ, कमसेकम अति घृणित र भ्रस्ट के पी ओली र प्रचण्ड को सट्टा ने क पा कै स्वच्छ छबिको कुनै सादगी नेता लाइ अतिथि बनाएको भए हुने। हुन् त ने क पा मा त्यस्तो नेता पाउने गाह्रो पर्यो होला ।

३. आमजनता लाइ बिश्वासमा लिन सकिएको देखिएन । अलिकति दम्भ बढेको हो कि ।

४. भुकम्प पिडित लाइ घर जस्तै देशलाइ स्टेडियमको कसरि जरुरि छ भन्ने प्रस्ट पार्नु पर्थ्यो ।

५. गरिबका छोरा-छोरी लाइ खाडीमा नाच देखाएर पैसा असुल्नु सधै जायज हुदैन र कोहि पनि सधै भरि झुक्कीदैन । नया र आम जनतालाई मान्य हुने तरिका खोजिनु पर्थ्यो ।

६. निर्मला पन्त को बलात्कारी बिरुद्ध भएका आन्दोलनमा मौन बसी कम्युनिस्ट हुनुको बफादारिता निभाउनु गल्ति थियो ।

यी कुराहरुमा जनता सामु गल्ति भयो भनि माफी मागेर नया उर्जा थप्दै अभियानलाइ सशक्त पार्ने हो भने नेपाली जनताले साथ् र सहयोग दिनेछन । होइन भने सजिलो उपाय भनेको के पी ओलीले जस्तै होलि वाइन खाने अनि फोक्कटमा करोडका करोड लिने। धुर्मुस-सुन्तली पापी चाइ छैनन् है र भ्रस्ट नेता सरह गालिको हकदार पनि नहोलान।