धुर्मुश र रविको बिरोधगर्नेहरुको पेटीकोटको इँजार चुँडाइ दिएपछि…! : ज्वाला संग्रौला

साथीहरु तपाईहरु ढुक्क हुनुहोस् म कसैको बिरोधी होईन, कसैप्रति पुर्वाग्रही पनि छैन, कसैसँग मनमुटाव लेनादेना केहि छैन। हिजो दुईचार वटा पोस्टहरु गरेपछि धेरै जनाले के भयो , किन यस्तो गरेको तपाई जत्तिको मान्छेले, भुक्ने भुक्दै गर्छन् आफ्नो काम गर्नुस् समेत भन्नु भयो।तर म एउटा कुरा के स्पस्ट गराउन चाहन्छु भने देशको लागि मरिहत्ते गरेर ज्यानको परवाह नगरी लागिपरेका रबि लामिछानेलाई खुईल्याउन हिजो एक जत्था लागिपरेको थियो, आज अर्को जत्था सरकारलाई हतियार बनाएर धुर्मुस सुन्तलीमाथी खनिएको छ। चोरैचोर , डाकैडाका, घुसखोरी र माफियाहरुले खोक्रो बनाएको देश अब हामीले मिलेर बनाउनु पर्छ भनेर सकारात्मक सोच लिएर अगाडि बढेका यस्ता ब्यक्तिहरुलाई ध्वस्त पार्न कम्मर कसेर लागिपरेका क्रिमिनल माईण्डका मान्छेहरुको बिरुद्दमा त म एक बोल्छु दुई बोल्छु। म आफू त्यति धेरै क्षमतावान्, पैसावाला र पावरवाला मान्छे होईन, देशको लागि म आफ्नो तर्फबाट केहि योगदान दिन पनि सक्दिन, नेता बनेर देश लुट्ने रहर नि छैन, मौसमी समाजसेवी बनेर दुईचार दिन वाहीवाही कमाएर नाम भजाएर भात खानु नी छैन , कसैको उक्साहट र लहैलहैमा लागेर देशबिरोधी बनेर फेशबुक लाईभमा थुतुनो दलेर भाइरल हुन पनि मन लाग्दैन । म अति सामान्य मान्छे हुँ। देशलाई योगदान दिन सक्ने मेरो हैसियत नभए पनि कम्तिमा देशको लागि केहि गर्छु भनेर लागिपरेका हरुलाई साथ र समर्थन चाहि दिन सक्छु। र यस्ता ब्यक्तिहरुको बिरुदमा बारम्बार खनिने साँडेहरुको सिङ् भाँच्न चर्को स्वरमा आवाज मात्र होईन उस्तै परे बन्दुक पनि उठाउन तयार छु! जय स्वाभिमान ज्वाला संग्रौला

अचम्म पर्छु..! सबै मिलेर देश बनाउनु पर्छ भन्दा अरुलाई ‘थुतुनो र मुतुनो जोगाऊ है देशभक्ते हो’ भन्ने केहि बरिष्ठ बलिया बाँगाहरुले आफूले चाहिँ मुखमा हिराको हेलमेट र गुप्ताँगमा बुलेटप्रूफ़ कट्टु लाउँछन् कि क्या हो ?

यति भन्दै गर्दा यहाँ त फेरि अर्काथरी ईज्जतदारहरु हुल बाँधेर डुक्रिन्छन् पो त छाडा बोलिछे भन्दै । के गर्नु साथीहरु, मेरो स्वाभाव नै यस्तै हो, जस्ले जस्तो स्वर निकाल्छ, त्यस्लाई त्यस्तै लयमा जबाफ दिने ।

कुकुरलाई कुतीकुती भनेर बोलाउँदा बुझ्छ, बिरालोलाई सुरी भनेर बोलाउँदा बुझ्छ, बिद्वानसँग सम्बाद गर्नुपरे त्यसै अनुसार शब्दचयन गर्छु । मै हुँ भनेर हिरोपन्थी देखाउनेहरुलाई म पनि देखाईदिन्छु भिलेनपन्थी।

कसैले सय कुईँटेलको जिउ देखाएर धम्की लाउँदैमा डराउने मान्छे होईन म । लिगलिगका राजाहरुले पिँडुलामा घिउ दलेर बडेमानको ज्यान र बलिया तिघ्रा बनाउँदै दौड़ जितेर छिमेकीको जमिन आफ्नो भागमा पार्ने उहिलेको जमाना खुइलेर गैसक्यो ।

तसर्थ ओ फेशबुके राजा, मन्त्री अनि सन्त्रीहरुहो, गिदीमा दम छ भने यो यन्त्रमानबको युगमा बिचार र ज्ञानको दौड़ जितेर देखाओ,भ्रमले भड्किरहेको मान्छे मान्छेबीचको युद्दमा सत्य र निष्ठाको सिपाही बनेर देखाओ, शब्दका अस्त्रहरु प्रयोग गरेर नकारात्मक चिन्तनलाई ध्वस्त बनाएर देखाओ अनि आओ, यो जुकरबर्ग क्याफेमा मजाले उप्परखुट्टी लाएर मारौला देशभक्तिका दुईचार बात !

कोहि कोहि साईनो नलाग्ने ‘भाउजुको अनुहारका दाईहरु’ र ‘गोरुको अनुहारका गाईहरु’ ले घरिघरि निहुँ खोजेकोले यो लेख्न बाध्य भएँ। मुख छ भन्दैमा मुलुक फाँडेर हिड्नेहरु मेरो इतिहाँस पनि हेर, एकहप्ताअघि फेशबुकमा फोटोसहित हालेर बान्की मिलाएर दिलैबाट जन्मदिनको शुभकामना दिएकी आफ्नै साथीले गलत अभिव्यक्ति दिँदा अर्कोहप्ता तिनको पेटीकोटको इँजार चुँडाउने मान्छे मै हुँ ।

तिमी मुलाङहरु त को होस् र मेरो लागि? अब मलाई यो भन्दा धेर लाटो रिस नउठाएकै राम्रो ! अन्फ्रेण्ड गरेर भाग्ने भगौडे अमेरिकाको बिल गेट्स सम्मपनि यो म्यासेज पुगोस् !

भित्ते समाजसेवीहरु

मेरो स्टाटस पढेरै कोहि कोहिले अब बिहान बिहान जगिँग नगए नि हुने भो। सामाजिक काम गर्छु भन्ने अनि यस्तो पबित्र काममा पनि राजनीति घुसाएर अर्कोलाई गिराउने फोहोरी खेल खेल्ने हो भने पार्टीको झण्डा बोकेर नेता बने हुन्छ।

सामाजिक संजालमा आएर युवाहरु भाँडेर, घिनलाग्दा अर्ती उपदेश दिनेहरुले भोलि गरिबको लागि भन्दै तिनै युवाहरुबाट चन्दा उठाउँछन् र आफ्नो फोटो समाजसेवी भनेर फेशबुकमा टल्काउँछन्। कसैलाई सहयोग गर्नु, आफ्नो मनले दिनेहरुबाट लिएर दुखीहरुको घाउमा मल्हम लगाउनु राम्रो हो ।

त्यस्ता अभियन्ताहरुले अरु अभियन्ताहरुलाई गिराउने होईन समर्थन गर्दै जाने हो।

जहाँसम्म मेरो स्टाटसलाई लिएर चित्त छेडेर पित्त फुटेकाहरु छन्, तिनीहरुले अर्काको शारीरिक संरचनाको आलोचना गरि भन्दै रोईकराई नगरे हुन्छ। आफूले बिगतमा कति मान्छेहरुलाई गाली-गलौज गरेको छ, चरी र सरी भनेको छ, टुप्पे र सुप्पे भनेको छ याद छ ?

यस्ता प्रमाणहरु मँसँग हजार छन्। सुरुवात मैले होईन, तैंले गरेको हो बुझिस्? धेर दादागिरी नदेखा म सँग !