धुर्मुस- सुन्तली अभियानमा यसकारण मेरो साथ

एच.बी ताम्राकार जापान,

बिगत लामों समयदेखी नेपाली खेलाडीहरुको दु:खदायि जिवन , खेल बाटै भविष्य देख्ने खेलप्रेमीहरु , आफ्नो र सिङ्गो नेपालको नाम चिनाउने सफल ति देशका मोतीहरु देशमा बस्न नसकेर विदेश प्लायन भएको सवैलाई थाहा नै छ । देश एशियाकै भ्रष्ट मुलुकको लिष्टमा हेर्ने हो तेस्रो स्थानमा छ । राजनैतिक उतार चढावले देशले फड्को मार्न सकेन् । गरिविको रेखाबाट उठ्न माथी सकेन ।

यसको प्रत्यक्ष मार नेपाल र नेपाली लाई परेको छ । नेपाली खेल जगत त त्यसै ध्वस्त हुने नै भयो । देशमा हरेक गतिविधि आएर राजनितिमै अड्किन्छ । हामी गरिव छौ , मन गरिव छैन् । देशको नाम उच्च पार्ने ति देशका गौरब , सान र मान को रुपमा चिनिएका खेलाडीहरुको खेल गरिव छैन । देश र विदेशमा सवैको मन जित्न सफल खेलाडीहरुकालागि हामीहरुले एक मज़बूत घर भनौ वा स्टेडियम भनौ जे भने पनि बनाउन सकिरहेका छैनौ ।

नेपाल मा धेरै लाई मन लाग्छ आफ्नै देशको सुन्दर बगैचामा बसेर आफ्नै घरको भात र दाल खाएर खेल भिड्दै गरेका नेपाली सपुत छोराछोरीको खेल हेर्ने । पक्कै पनि रहर हुदाहुदैपनि यो सब कुरा बाट हामी , हाम्रो राष्ट्रका सवै टाढा छन् ।धेरै पछाड़ी जान चाहन्न् , केहि दिन अगाडी मात्रै युएई विरुद्ध नेपाली क्रिकेट टोलीले धावा बोल्यो ।

सानदारका साथ जित हासिल गरेर एतिहासिक जित नेपालको कोल्टोमा पार्न सफल भए । देश र विदेश बाट सवैले बधाई दीयौ । सवैलाई रहर थियो यस्तै खेलहरु नेपाल मा पनि हुनुपर्छ भनेर । तर , आईसीसीले मान्यता दिन लायक स्टेडियम नेपाल मा बनेकै छैन् । गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट स्टेडियम बनेरै छोड्छ भन्दै देश विदेशकों यात्रामा अहोरात्र खटिरहनु भएका सामाजिक अभियानता धुर्मुस – सुन्तलीको अभियान सहि छ । देशको हितकालागि छ । नेपाली खेल जगतमा यो कोशे ढुङ्गा साबित नै हुने छ ।

देश ले बनाउनु पर्छ भन्ने आवाज़ पनि उठेंको छ । यसको सम्मान गर्छु , सकेसम्म राज्य ले नै बनाउनु पर्छ भन्ने समान धारणा सवैको हो । देशलाई तत्काल एउटा स्टेडियम चाहिएको छ । यसलाई पहिलो नेपाली जनताबाट निर्मित स्टेडियम भनेर बुझौ । राज्य लाई दिने हो भने बर्षौ लाग्न सक्छ । तत्काल हामीलाई एक स्टेडियम नेपालको मुटु चितवनमा निर्माण भएको हेर्ने इच्छा छ । हाम्रो इच्छा र देशको आवश्यकता अनुसार बन्ने यो स्टेडियम हरेक नेपालीको लागि उपलब्धि हो । यसले देश र नेपलीको सान विश्वमै छरिने छ ।

खेल जगत बाटै देशको अस्तित्व मजबुद हुने भएका सवैले हाकतेमालो गरौ । यो महाअभियान हामी सवैको अभियान हो । विरोध कै लागि बिरोध गरेर कस्मेटिक प्रचार नखोजौ । सधै जनताको आवाज़ सरकार ले सुन्नुपर्छ , जनताबाटै भगवान भएर जन्मिएका रबि लामिछाने , धुर्मुस -सुन्तली लगायत अभियानताहरु लाखौ जन्मिनु पर्छ ।देश बनाउने अभियानता जो कोहि भएपनि हामीहरुले काध हालेर सहयोग गरौ । कालिकोटमा रासकोट अस्पताल बनिरहेको छ । यो पनि एक सकरात्मक कार्य हो । रबि लामीछाने लगायत देश विदेशमा बस्नुहुने अभियानलाहरुलाई सलाम छ ।

हिजो ४ वटा बस्तीहरु बने । त्यो पनि राज्यले नै बनाउनुपर्थ्यो । तर बनाएन , तपाई हामी मिलेर बनायौ । यसबाट सरकारले पाठ सिक्दै जानेछ । सरकारले मात्रै सवै काम गर्नुपर्छ भनेर हामीहरु गर्न र बोल्नै छौड्यौ भने देश को अवस्था अझै धोस्त हुदै जानेछ्। यस गौरवशाली अभियानमा अभियानता भएर कम्मर कसौ , देश हाम्रै कालमा समृद्ध बनाऔ ।

जय देश

यो पनि हेर्नुहोला :