चित्र केसीको राजनिति आरोह अबरोह।

बागलूङ जिल्लाको बिकट गाऊँ सल्यान गाबिस हालको बरेङ गाऊँ पालिका वार्ड नम्बर ४मा किसान परिबार जन्म भएको हो। बुबा पूर्ण बहादुर केसी र माता देउरूपा केसीको कोखबाट १० जना सन्तानको जन्म। ५ छोरा ५ छोरी। एक छोराको २ बर्षको उमेरमा निधन भएको। हामी ४ दाजुभाई नै पढ़नमा स्कूल तहमा प्रथम हुनेगर्दथियौ।बैनि पनि प्रथम दितिय हुने गर्थी तर ४ दिदीहरूले भने त्यो बेलाको समय र गाऊँमा खेती किसानी गर्नु पर्ने बाध्यताले पढ़न पाउनु भएन।

बुबा आमा किसान हुनुहुँथियो। राजनीति गर्ने भन्ने त सबाल नै भएन। तर, सबै भाईहरूको राजनीतिमा अत्यन्तै रुचि पनि थियो। ४ दाजुभाई नै आफ्नो समय अनुसार शिक्षक पनि भयौ। ठूलो दाईले २०४० सालमा गुल्मीको शान्तिपूर स्कूलमा लगभग ७ महिना र २०४३ सालमा काठमांडौ महेन्द्र भवन कन्या स्कूलमा २ बर्ष पढ़ाऊँनु भो भने माहिलो दाँई अहिले पनि स्थायी शिक्षक हुनुहुंछ। साहिलो दाँईं( मनोज कुमार केसी) ले गाऊँकै सल्यान माबीमा पढ़ाऊँनु भो २ बर्ष जति।

मैले गुल्मीको हर्राचौर माध्यामिक बिध्यालयमा १९ महिना अध्यापन पनि गरे । बैनिले पनि सोही स्कूलमा पढाऊने गर्थी। साथै २०६१ सालमा काठमांडौको सतुङगलमा रहेको एस.आर ड्रग्स लयाबोरोटोरिज भन्ने औषधि फ़्याकट्रीमा प्रशासन प्रमुख भएर लगभग ११ महिना जति काम गर्ने मौका पाएको थिए।उक्त कम्पनीको म्यानेजिङ डाईरेक्टर फोरमबाट समानुपातिक सभासद मधुसदन अग्रवाल थिए।

अब केहि राजनीति बिषयको कुरा तिर जाऊँ। म, लगायत हाम्रो परिबारको राजनीतिक गुरुको रूपमा आदरणीय ब्यक्तित्व तत्कालीन रास्ट्रिय पंचायत सदस्य कुलराज शर्मा र हाम्रो गाऊँको काका थानेस्वर शर्मा हुनुहुँथियो।

बागलुङ कांग्रेसको पार्टी संगठन बिस्तार गर्नमा कुलराज काकाको महत्वपूर्ण भूमिका थियो। उहाँ २०३८ र २०४३ सालमा पार्टीकै निर्देशन अनुसार रास्ट्रिय पंचायत सदस्यमा जानु भएको थियो। पछिल्लो समयमा उहाँ कांग्रेस पार्टीबाट निस्क्रिय देखिनु भयो।

नेपाली कांग्रेसले ३० बर्षे पंचायत ब्यबस्था हटाऊँनको लागि देशभरि नै भूमिगतरूपमा संगठन गर्ने रे आन्दोलन पनि गरिराखेको थियो।२०४३ सालमा मेरो आफनै गाऊँ सल्यानमा नेबीसंघको जिल्ला अधिबेसन गरियो। जगधिस चन्द्र उपाध्याय अध्यक्ष भए भने मेरो माहिलो दाँई जिल्ला सदस्यमा चयन हुनु भयो।

ठूलो दाईं आइ.एस.सी.अध्यन गर्न राजधानी जानु भएको थियो । त्यो समयमा म कक्षा ५ मा अध्यन गर्थे। २०४६ सालमा नेपाली कांग्रेसले पंचायती ब्यबस्था हटाऊँनको लागि निर्णयाक आन्दोलन गर्ने घोषणा गटेको थियो। म कक्षा ८ मा पढ़थे। नेपाल बन्द भन्ने पहिलो चोटी त्यहि बेला सुनेको हो।

माहिलो दाईं, नेपाल बिधार्थी संघको जिल्ला सदस्य भएको हुदा प्रहरी खोजतलास गर्न एक साँझ घरमा आउने सुइको पाए पछि दाँईंलाई प्रहरी घर आऊनु अग़ाबै एक जना फुपुको गोठमा लगेर लुकाइयो।मैले पनि त्यहि दिन स्कूलबाट घर आउने समयमा पूलमा बाटो भरि” पंचायती ब्यबस्था मुर्दाबाद” भन्दै जतासुकै लेखदै आएको थिए। घर आउदा प्रहरी, यति डर लागेन।

यहि क्रममा २०४६ साल चैत्र २६ गते बहुदल घोषणा भयो। त्यसपछि म गाऊँ इकाईको नेपाल बिधार्थी संघको इकाई अध्यक्ष भए।

२०४७ साल देखि २०५५ साल सम्म। अनि उदय माध्यामिक बिद्यालय शान्तिपूरमा २०४७मा ईकाई सचिब र २०४८ मा निर्बाचित इकाई अध्यक्ष भए। सम्भवत स्कूल तहमा त्यो समयमा पनि प्रतिस्पर्धा गरेर निर्बाचित हुने पहिलो घटना पनि हुन सक्छ। यति कडा राजनीति लागेको थियो, गुल्मी क्षेत्र नम्बर १ का लगभग सम्पूर्ण गाबिसमा कार्यक्रम गर्न पुगे।बागलुङ त आफनै जिल्ला भएको हुँदा अधिकामस गाऊँ पुगेको छु। फेरी, हाम्रो एरियामा रास्ट्रिय जन्मोर्चाको दबाब थियो। उनिहरूको एरियामा दिनमा हिड़डुल गर्न पनि गारो थियो। कांग्रेस हो भन्ने थाहा भयो भने कुटाई खाईहालियो, अबस्था त्यस्तो थियो। पार्टी-पार्टी बिचको लडाई र संघर्षमा कम्तिमा ७/८ चोटी टाउको फुटाउने देखि गम्भीर मुद्दा लाग्ने सम्मको घटनामा परे। जहाँ गयो त्यहि लडाई र कूटपिट हुने। चरम राजनैतिक तनाब र प्रतिस्पर्धा हुने गर्दथियो पार्टी पार्टी बिचमा। बोलचाल नै नहुने।

२०५० सालमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, तानसेनमा आइए अध्यन गर्न आए।

पाल्पा बहुमुखी कलेज अखिलको गढ़ थियो।नेबीसंघलाई चुनाब जित्न एकदम गारो थियो। स्वबियू निर्बाचनमा नेबिसंघबाट जम्मा एक जना अजय कर्मचार्यले मात्र चुनाब जितेका थिए। अहिले उनि पाल्पा कांग्रेसको सचिब छन भन्ने सुनेको छु। २०५२ पछि उनि संग भेट भएको छैन।

पाल्पा बहुमुखी कलेजमा अध्यन गर्दा म धौलागिरी समन्यव समितिको अध्यक्ष र कलेजको इकाई सचिब थिए। २०५१ सालमा जाड़ो बिदामा गाऊँ जादा राजनैतिक लड़ाईमा मुछीन पुगे। म लगायत हामी ३ भाईलाइ सार्बजनिक मुद्दा लगाइयो।केश दर्ता भैसके पछि भतीज भक्त सहित तराईको बिभिन्न क्षेत्रमा सुरक्षित तरिकाले हिडियो। ३५ दिन सम्म बागलूङ जिल्ला प्रहरीले वारेण्ट जारी गर्यो। पछि मुद्दा त जितियो।

त्यो बेला बागलुङमा प्रमुख जिल्ला अधिकारी दोलख बहादुर गुरुङ हुनहुँथियो। यो मुद्दालाई बल बहादुर के.सी. दाँईले पनि सहयोग गर्नु भएको थियो। दाई (डा. मन बहादुर के.सी.) चीनमा मेडिकल पढ़न जानु भएको थियो।

२०५३ सालमा बिए अध्यन गर्न त्रिचन्द कलेजमा भर्ना भए। २०५३ साल देखि २०५८ साल सम्म त्रिचंद्रमा अध्यन गरे गगन थापाजी,बि.एस.सीमा अध्यन गर्थे। २०५५ सालमा गगन थापालाई स्वबियू सभापति जिताऊँन सहयोग गरे। हुनत, त्रिचन्द कलेज नेबीसंघको गढ़ थियो। नेबीसंघको ४ प्यानल बिच प्रतिस्पर्धा गर्दा पनि जित नेबीसंघको नै हुने हो।अखिलको मत निकै कम थियो।

२०५५ सालमा नै म नेपाल बिधार्थी संघ बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय अध्यक्ष भए। साथै नेपाल बिधार्थी संघ जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य पनि थिए। जिल्ला अध्यक्ष गंगाधर गौतम थिए। एक चोटी गलकोटमा नेबीसंघको जिल्ला अधिबेसन हुदै गर्दा म, गंगाधर समेतको अध्यक्षको प्रत्याशी थिए। मलाई केन्द्रीय प्रतिनिधिले सहमति गरेर जानको लागि दबाव दिए पछि आफ्नो उम्मेदवारी फिर्ता लिएको थिए। केन्द्रीय प्रतिनिधिमा किशोर सिंह राठोर, राजेन्द्र के.सी. मिलन बस्नेत गएका थिए। अधिबेसनको समयमा पनि नेबिसंघ र मसालको राति लडाई भएको थियो।

२०५६ सालको आमनिर्बाचनको लागि काठमांडौ बाट चुनाब प्रचारप्रसार र अभियानको लागि क्षेत्र नम्बर २ को २१ गाबिसको अभियान सकेपछि मेरो नजिकको गाऊँ सुखौरामा २०५६ साल बैसाख ३० गते रास्ट्रिय जनमोर्चाको कार्यकर्ताले भौतिक आक्रमण गरि मेरो बायाँ ख़ुट्टा भाचियो। अनि हेलिकप्टर मार्फत पोखरा हुदै थप उपचारको लागि मलाई काठमांडौ ल्याइयो। पोखरा बिमानस्थलमा पार्टीको तर्फबाट कास्की कांग्रेसका नेता तथा तत्कालीन रास्ट्रिय सभा सदस्य शुक्रराज शर्मा लिन जानु भएको थियो। त्यो साँझ गंडक़ी अंचल अस्पताल पोखरामा सामान्य उपचार गरि थप उपचारको लागि अर्को दिन हवाईजहाज मार्फत काठमांडौ आए।

बागलूँङ बाट पार्टीले सहयोगको लागि जित बहादुर खत्रीलाई पठाएको थियो। उहाँ बागलुङ नै फ़र्किनु भो।

२०६१ सालमा माओबादी द्वन्दले गर्दा नेपाल प्रहरीमा ५ बर्ष प्रहरी अधिकृतको जागीर छोड़ी युएइ आइपुगे। युएइ आइपुगे पछि २०१० मा नेपाली जनसम्पर्क समिति युएइको स्थापना गरि संस्थापक सभापति सहित दुई कार्यकाल जिम्मेवारि निभाए।

स्मरण रहोस- मेरो ठूलो दाँई (डा. मन बहादुर के.सी.)राजनीतिमा कट्टर यति सक्रिय हुनुहुँथियो । तर राजनीतिमा लागे पनि जीवनमा कुनै सदस्यमा बस्नु भएन। तर पार्टीलाई सहयोग र पंचायत बिरुद्द आन्दोलन गर्ने क्रममा ४ दर्जन भन्दा बढि प्रहरीको custody मा पुग्नु भो। उहाँ राजनीति देखि आफ्नो मेडिकल क्षेत्रमा उत्तिकै नमूनायोग्य दख्ख्ल राख्नु हुंछ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा २०५३ सालमा शुरूको नियुक्ति २ बर्ष सेवा गरि २०५५ सालमा शहीद गंगालाल हृदयरोग केन्द्र बॉसबारीमा एकल संस्थापक डाक्टरको रूपमा काम गरि २०६८ सालमा अस्पतालको कार्यकारी निर्देशकको रुपमा काम २१ बर्षको लामो सेवा अबधि पसचात अहिले हयामस अस्पतालमा आफ्नो सेवा शुरू गर्नु भएको छ ।

मेरो साहिलो दाँईं मनोज कुमार केसी( अहिले हुनुहुन्न) २०५५ सालमा शंकरदेब कलेजमा स्वबियू निर्बाचनमा निर्बाचित हुनु भएको थियो भने २००४/०५ तिर होला नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष समेत हुनु भएको थियो।

२०६७ सालमा यूकेमा ३७ बर्षको अल्पआयुमा दुखद निधन भयो।

पार्टी संगठनको लागि हाम्रो परिबारले बिभिन्न समयमा योगदान गर्दै आएका छौ। अहिलेको समयमा आएर कांग्रेस पार्टीको कमजोर अबस्था देख्दा दुःख लागेर आउछ। पार्टीमा निस्ठावान र त्यागको मूल्यमा मूल्याङकनमा कमि आएको छ । पार्टीमा नाताबाद, धनबाद, चाकडीबाद र गुण्डाबाद जस्ता बिकृति मौलाएको छ। यस्ता बिषयलाई निरुत्साहित गरि पार्टीको स्थापित एजेण्डालाई आत्मसात गरि जान नसक्ने हो भने पार्टीको भबिस्य सहज र सुखद छैन।

बामहरूको दुईतिहाईको सरकार छ, कांग्रेस मौलिक एजेण्डा बोकेर जनता संग जान नसकेको अबस्था छ। अन्तरघात मौलाएको छ। अनुशासन देख़िदैन। छाड़ा प्रबृति छ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.