जापानमा रहेकी साहसी चेली रबि लामिछानेको साथ दिदै भनिन #’म पनि’ !

स्कटनेपाल युके,

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनाहरुलाई सामाजिक संजालको भित्ता मार्फत स्टाटस लेखी लाखौ दर्शकहरुको कान सम्म पुराउने एक साहसी चेली ज्वाला संग्रौलाको तलको स्टाटस जस्ताको तस्तै सार्बजनिक गर्न बाध्य भयौ सक्नु हुन्छ भनि तपाई पनि #’म पनि’ अभियानमा सामील हुनु होला भन्दै आग्रह गर्न चाहन्छौ जुन अभियान पत्रकार रबि लामिछाने बाट सुरु गरिएको थियो ।

ज्वाला आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ :
बिदेशमा बसेर ठगी गर्ने , दलाली गर्ने र बिदेशीकै आडभरोसामा आफ्नै नेपालीमाथी ज़्यादती गर्दै हिन्दी चलचित्र धुम को रितिक रोसन स्टाईलमा मखुण्डो भिरेर हल्लिने, गल्ती नगरे नै पनि पीडितलाई अझ पीड़ित बनाएर माफ़ी मागेको स्टाटस लेख्न दबाब दिने र केहि सिप नचलेपछि फेक आईडी बनाएरै भएपनि यस्लाई सिध्याउनु पर्छ भनेर मेरो पछि लाग्ने हुतियारा स्याल र फेशबुक डिएक्टीभेट गरेर अरुको एकाउन्टबाटै चोरीचोरी हाम्रो प्रोफाईलमा घुस्ने दले मुन्द्रे र ट्यापे हो याद राख , राजदुत देखि लिएर राष्ट्रपति समेतलाई गलत काम गरेबापत च्यालेन्ज दिने मैं हुँ, तिमीहरु कुन गुफाको बाघ हौ र? अब मलाई धेर सन्की नबनाउँदा हुन्छ! कुरा बुझ्यौ नि? यो स्टाटस लेखेबापत जापानमा बस्ने कुन दलपतेलाई आफ्नो चरित्र हत्या भए जस्तो लाग्छ, जा तेरा वकिल, पुलिस र सिआईबी सब लिएर आ….! कसैले आधिकारिक जबाफ माग्ने दम र हैसियत राख्छ भने खुला रुपमा म यस्को जबाफ दिन तयार छु।छ कोहि माईकलाल?
दलाली भ्रष्टाचारी र समाजसेवाको मुखुण्डो भिरेर बेईमानी काम गर्नेका बिरुद्द त एक बोल्छु दुई बोल्छु तीन बोल्छु। सुन्दै छु , मेरा कुरा पचाउन नसकी छेरपाटे चलेर थलिएका गोडा पाँचेक दलालका मतियारले ,” त्यस्लाई त मैले फेसबुकमा अनफलो गरिसकें” भन्दै रहेछन्। अनफलो मात्र किन सर मेडम, ब्लक नै गर्देओ न । र अर्को कुरा पनि भन्छु-सँधैभरी मलाई यस्तै गरि राख्नु अनि मेरो कारणले आफ्नो मनमा आगो ठोसी रहनु, तड्पिनु, उफ्रिनु, चिच्याउनु , आफैंलाई बोकर्नु, रिसले भोक निन्द्रा पनि नलागोस् र अझै सक्छौ भने पागल नै हुँदापनि हुन्छ। म असल मान्छेको हमेशा समर्थक र नियतमा खोट भएका हरुको हमेशा बिरोधी हुँ। जय स्वाभिमान!

पछिल्लो समयमा ज्वाला संग्रौलाका केहि भिडियो हरु स्कटनेपाल अनलाइन टिभी बाट यसरी सार्वजनिक भएका थिय तल हेर्नुहोला :